May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
बिबाहले मलाई ब्यवस्थित बनायो : गणेशमान सिंह

बिबाहले मलाई ब्यवस्थित बनायो : गणेशमान सिंह

मंसिर १२, सल्यान । अहिले मंसिर महिना चलिरहेको छ । यो महिनालाई नेपाली समाज र संस्कृतिमा बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।

मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई “कहिले बिहे गर्ने ? यो मंसिर यत्तिकै जानू हुदैन है ।” भनेर बिहेका लागि सामाजिक दबाब पनि दिने चलन छ ।

उसैपनी हाम्रो समाजमा बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोने, ईन्टरनेट तथा सामाजिक संजालको माध्यम को प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।

यसै सन्दर्भमा मंसिर, प्रेम, बिबाहले जिवनमा पार्ने प्रभावबारे नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – युवा साहित्यकार तथा राजनीतिज्ञ गणेशमान सिंहसँग गरिएको रमाइलो कुराकानीको सम्पादित अंश।

गणेशमान सिंह

• मेरो विवाह २०७४ असोज ९ गते भएको हो । विवाह हुँदा म सत्ताईस वर्षको थिएँ । प्रेम+ मागी विवाह भएको हो । प्रेम वा मागी विवाह मध्ये यहि नै ठिक हो भन्न त सकिँदैन । त्यो विवाहकर्ताको अा-अाफ्नो बुझाई र व्यवहारमा भर पर्ने कुरा हो ।

उनको कार्यालयमा पहिलो भेट

हाम्रो प्रेम सम्बन्ध यहाँबाट भयो भन्ने त त्यस्तो निश्चित सम्झना त छैन । तर हाम्रो पहिलो भेटघाट चिनजान भनेको उनी (अन्जु) कार्यरत कार्यालयमा म राजनीतिक कार्यक्रमको शिलशिलामा जाँदा भएको हो । त्यहीँबाट शुरु भयो भनौं ।

करिब एकवर्ष हामी प्रेममा रह्यौँ । त्यो बेला म दिनको दिन राजनीतिक गतिविधिमा हुन्थेँ । उनी त्यसपछि स्थायी जागिरे भएर अछाम पुगिन । हाम्रो बढिजसो प्रेम फोनमा, म्यासेजमा भयो । कहिले म पुलिसको पक्रा’उ खाने, कहिले झ’डपमा घाई’ते हुने त कहिले भाषण गरिरहेको, पार्टी काममा व्यस्त हुने यिनै व्यस्तताको बिचमा हाम्रो प्रेम सम्बन्ध अगाडि बढ्यो ।

त्यो बेला उत्पातै आदर्श प्रेम गरेछौं

हामी दुईले त्यो बेला अलि उत्पातै अादर्श भएर प्रेम गरेका रैछौँ जो अाजभोली एकअापसमा कुरागर्दा महशुस गर्छौं । महान अादर्श, क्रान्तिकारी विचार र स्वप्निल सपनामा सवार थियो – त्यो हाम्रो प्रेमको गाडी ।

अहिले त्यस्तो छैन भन्न खोजेको त होइन तर प्रेममा छँदाको जस्तो कोरा योजना अहिले हामी दुवैमा छैनन् । प्रेममा पर्दाको अादर्शलाई कसरी यथार्थ बनाउने अहिले हामी दुवैको संघर्ष त्यसमै छ ।

बिबाहले मलाई ब्यवस्थित बनायो

विवाहले मेरो जीवनमा धेरै प्रभाव पार्यो । लथालिङ्ग जिवनलाई एउटा व्यवस्थित, निश्चित काम र पारिवारिक योजनामा ढाल्ने काम गर्यो । विवाह पूर्व अलि अव्यवहारिक, हावादारी सपना, कल्पनामा हिडाउने कोसिस गर्थेँ अाफुलाई तर विवाहपछि सोच्ने भइहाल्दो रहेछ ।

विवाहले व्यक्तित्व विकास र प्रगतिबाट रोक्छ जस्तो लाग्दैन तर विवाहलाई हाम्रो समाज, परिवारले जसरी व्याख्या गर्यो र नियममा हिडाउन खोज्यो त्यहीँबाट समस्या हुन्छ जस्तो लाग्छ । विवाहका पुराना मान्यताबाट मुक्त नहुँदा सम्म अहिलेको बदलिँदो समयमा विवाह बाधक जस्तो पनि देखिन्छ ।

डिजिटल युगको अहिलेको हाम्रो पुस्ताले विवाह पछिको जीवनलाई न पूर्ण रुपले पुरानो संस्कारमा हिडाउन सकेको छ न त समयको माग बमोजिम फड्को मार्न सकेको छ, यहीँनेर कतै न कतै विवाह व्यक्तितब विकास र प्रगतिमा चुनौतीपूर्ण देखिएको छ ।

विवाहले धेरै थोक दिन्छ, कयौँ कुरा छुटाई दिन्छ

विवाहले जिवनमा धेरै प्रभाव पार्छ । अझै भनौं अविवाहित हुँदाको भन्दा पूरै फरक पर्छ । विवाह अगाडि र पछाडिको जीवन नै अलग हो भन्छु म त । जिम्मेवारीमा, व्यवहारमा ।

विवाहले धेरै थोक दिन्छ भन्ने कयौँ कुराबाट छुटाई पनि दिन्छ । मेरो विचारमा कुनैपनि व्यक्तिले विवाह पछाडि र अगाडिको जीवनमा अाईपर्ने भिन्नता र भोग्नुपर्ने व्यावहारिकताको सहज सामना गर्न सक्नुपर्छ ।

विवाह नगर्दा विवाहको रहर गर्ने फेरि विवाह भएपछि अविवाहितको जस्तो ईच्छा राख्ने गर्नु हुँदैन र त्यो हुन्छ भन्ने सोच्नुपनि हुँदैन । अविवाहित जीवन यसरी भोग्नुहोस् पछि विवाहित हुँदा पछुताउनु नपरोस् । विवाहित जीवनलाई यसरी सम्हाल्नुस भविष्यमा कुनै पछुतो नलागोस् ।

विवाहले व्यक्तिलाई अाफैमा परिपक्व र सामाजिक बनाउदैन, त्यो त उस्को गतिविधिमा भरपर्छ।

सकभर परिपक्व उमेरमा बिबाह गर्नु राम्रो

मेरो विचारमा विवाह कहिले, कस्तो , कहिले गर्ने त्यो स्वयम व्यक्तिमा भर पर्छ । विवाह परिपक्व उमेरमा, अाफुले धान्ने र व्यावहारिक हिसाबले उपयुक्त हुने गर्नुहोस् । सकभर अार्थिक, मानसिक र सामाजिक हिसाबले परिपक्व भएपछि गर्नुहोस् जसले विवाह पछि अाईपर्ने समस्यामा मद्दत पुगाउँछ ।

बिबाह : बन्धन सहितको उर्जा

विवाह अवश्य पनि बन्धन हो । शुरु शुरुमा बानी नपर्दा सम्म तर विवाह पछिको जिवनलाई कसरी उर्जावान बनाउने भनी लाग्नुभयो भने निश्चितरुपमा विवाह एक उर्जा हो ।

यो पनि पढ्नुहोस :

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाहीको प्रेम र बिबाहको कथा (अन्तरवार्ता )

बिबाह कहिले गर्नु भयो ? बिबाह गर्दा कति बर्षको हुनुहुन्थ्यो ?

हाम्रो विहे भएको २०६३ मंसिर ११ गते हो । त्यतिवेला म २२ वर्षको थिए । खासमा सरकारी उमेरमै विहे भएको थियो ।

मागी बिबाह गर्नु भएको होकि प्रेम बिबाह ? कुन बिबाह राम्रो ?

हाम्रो प्रेम विवाह नै हो । मागेर गरेको विहे कस्तो भन्न जवाफ त म कसरी दिनु र होईन ? तर हामीले हाम्रो समाज तिर फर्केर हेर्ने हो भने दुवै प्रकारले गरेका विहेहरु राम्रा सफल भएका प्रसस्त उदाहरण देखिन्छ भने प्रेममा परेर गरेका विवाह पनी आधा वाटोमै समाप्त भएका प्रसस्त उदाहरण हाम्रै समाजमा प्रसस्त देख्न सकिन्छ ।

त्यसैले म के भन्छु भने सम्वन्ध र विहे भनेको विश्वास हो । एक अर्काविचको विश्वास जुन दिन टुटछ त्यहि दिन देखि चाहे मागेर होस चाहे भागेर गरेको होस समाप्तीको वाटो तिर लम्कन्छ । त्यसैले एकले अर्कालाई वुझ्ने वातावरण भयो भने दुवै खाले विहे राम्रै हुन्छन होला ।

प्रेम सम्बन्ध कसरी सुरु भयो ?

ओहो ! बिर्सन लागेको कुरा सम्झाई दिनुभयो । खासमा म त्यतिवेला गाँउवाट आएर खलंगामा वस्थे । मेरो श्रीमति उहाँ चाही जागीर गर्नुहुन्थ्यो । उहाँ सँगै काम गर्ने मेरो साथी पनी हुनुहुन्थ्यो उहाँ सगै उहाँको कार्यलय जान्थे त्यहि चिनजान भयो । चिनजान सँगै एकले अर्कालाई मन परायौ होला सायद अलि वाक्लो भेटघाट हुन थाल्यो ।

त्यतिवेला मोवाईल फोन,सामाजिक संजाल अहिलेको जस्तो थिएन । साथीहरुनै लमीको काम गर्थे अथार्त उताको कुरा यता यताको कुरा उता गराउने । साथीहरु मार्फत कुरा आदानप्रदान भयो । यो प्रकृया खास लामो चलेन करीव ६ महिनामै हामी विवाह वन्धनमा वाधियौ ।

बिबाहले तपाईंको जिवनमा कस्तो प्रभाव पर्यो ? के बिबाहले ब्यक्तित्व बिकास र प्रगति गर्न बाट रोक्छ ?

पहिलो कुरा त विवाहले मलाई व्यवस्थित वनायो भन्छु । किनभने गाँउवाट सदरमुकाम आएर एक्लै वस्दा म जुन खालको अवस्थामा थिए त्यसवाट अलग्गिएर श्रीमति सहितको जिवन सुरु भयो ।

अर्काे कुरा ससुराली पनी सदरमुकाम नै भएकोले यहाँका हरेक मान्छेहरु सँग मेरो नाता सम्वन्ध सहितको साईनो जोडिएपछि स्वभाविक रुपमा मेरो आनीवानी सवैकुरा परीवर्तन भयो । त्यसले मलाई हरेक कुरा हरुमा व्यवस्थित गर्न मद्धत पुग्यो ।

अव रह्यो व्यत्तित्व विकासका र प्रगतिका लागी विवाहले रोक्छ की रोक्दैन भन्ने यसमा मेरो धारणा के छ भने उमेर पुगेपछि गरीएको विवाहले रोक्ने हैन व्यत्तित्व विकास र प्रगतिका ढोका हरु अझ वढि खोल्छ भन्ने मेरो धारणा मात्र हैन अनुभव पनी हो ।

तपाईंको अनुभवमा बिबाहित जिबन र अविवाहित जिवनमा के फरक पाउनु भयो ?

विवाहित जिवन र विहे नगर्दाको जिवन धेरै फरक छ । विहे नगर्दा एक्लो मान्छे धेरै कुरा अस्तव्यस्तमै गईरहेको हुन्छ । हुन त विहे नगरी वसेकाहरु पनी जिन्दगिलाई सजिलै चलाईरहेका पनी हुन्छन ।

तर विहे पछि त घरपरीवार, सन्तान सवै कुरा ख्याल गर्नुपर्ने हुन्छ । सामाजिक हिसावले पनी विहेपछि अलि धेरै जिम्मेवारी पनी थपिएको हुन्छ , त्यसले गर्दा फरक भन्दा पनी अलि वढि जिम्मेवारी चाही थपिन्छ । परीवार प्रति अझ वढि जिम्मेवार वनाउछ । समाज त छदै छ ।

तपाईंको विचारमा बिबाह कतिबेला गर्नु उपयुक्त हुन्छ ?

यो त प्रष्ट नै छ । कानुनले तोकेको उमेर पुगेगपछि र आफु ले आफनो लागी केही पेशा व्यवसाय सुरु गरी परीवारका अन्य सदस्यामा आर्थिक भार नर्पाे गरी गर्नु नै उपयुक्त वेला हो जस्तो लाग्छ मलाई ।

कानुनले वन्देज गरेको उमेर बिहे गर्दा त्यसले फाईदा होईन वेफाईदा नै हुन्छ । ढिलो भनेको चाही आफु व्यवहारीक हिसावले र अध्यन सकेर गर्दा मान्छेको जिवनमा आउने हरेक समस्या लाई डिल गर्न सहज हुन्छ त्यसैले ठिक्कको उमेरमा विहे गर्दा राम्रो हुन्छ ।

अन्तमा, तपाईंको विचारमा बिबाह बन्धन होकि उर्जा ?

अव यो मंसिरको महिनामा वन्धन नै हो भन्दियो भने कतिले विहे गर्न पक्का गरेको सहमति नै तोडर भाग्लान भन्ने डर । खासमा विहे दुवैजनाको मन मिल्यो, मन सँगै व्यवहार मिल्यो अनि एकले अर्काको काम र व्यवहार लाई वुझ्न सक्ने हो भने विवाह उर्जा नै हो ।

यो पनि : ज्योतिष शास्त्र अनुसार विवाह गर्दा कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?