दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ:विप्लव
काठमाडौ ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले दलालहरूलाई खाल्टोमा हाल्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ । गणतन्त्रमा अहिले झारपात पलाएका छन् । कुन फूल हो को दलाल हो जनता अलमलमा परेका छन् । जनताले थाहै नपाएर सुँघेर हिँडेका छन् । ढलेका पनि छन् । अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्छ । हामी सबै मिल्यौँ भने दलालहरूलाई ढाल्न सक्छौँ, त्यो तागत हामीसँग छ’, उनले भने ।









लेखकको सम्वन्धमा