पत्थरको बिचबाट फक्रीएको जनमुक्ति सेना
मङ्सिर ८
जनमुक्ति सेनाको गर्विलो ईतिहासको जति नै चर्चा गर्दा पनि अपुरो नै हुन्छ।
इतिहासको गौरवपुर्ण गाथामा लेखिसकेको छ यसको बिरता र वलिदानको स्वर्णिम गाथा।
आदरणीय पाठकज्युहरु आजको नेपाली राजनिती हिलोमा फुत्तफुताएको माछा जसरी फुत्तफुताईरहेको छ।
नेपालका मुक्तिगामी आन्दोलन विभिन्न समयमा चल्दै आए ती गुणात्मक रुपमा नभएपनी मात्रात्मक रुपमा केही परिवर्तन भने अवश्य ल्याएका छन।
चाहे त्यो २००७ सालको क्रान्ती,होस चाहे त्यो२०२८ सालको झापा बिद्रोह र चाहे त्यो ४६ सालको जनआन्दोलन नै यी सबै आन्दोलन बाट मात्रात्मक रुपमा परिवर्तन भएकै मान्न सक्किन्छ।
यसलाइ सकारात्मक दृष्टिकोणबाट यसको समीक्षा हामिले गर्नै पर्छ।
तर यी सबै आन्दोलनका मुख्य नेतृत्वहरुको नकारात्मक टिप्पणी गर्नु पर्दा सजिलै राजसस्था संग सम्झौता परस्त बन्न पुगे यसमा मैले नेपाली राजनितीको चर्चा परिचर्चा उल्लेख गर्नु भन्दापनी जनताको जनबिद्रोह र आन्दोलनबाट पैदा भएको जनमुक्ति सेना र यसको स्थापना दिवसलाई स्मरण गर्दै यस अवसरमा शुभकामना स्वरुप पाठक समक्ष सङ्क्षिप्तमा जनमुक्ति सेनाको गौरवको इतिहास र स्मरण पस्कने जमर्को गरेको छु।
नेपालको ईतिहासमा लामो समय जरा गाडेर बसेको वंशात्मक शासनप्रणाली सामान्ती राजतन्त्रात्मक ब्यबस्था र यसको छत्र छायामा बाचिरहेको नोकरशाहि पुजिपतिबर्गका विरुद्ध नेपाली कम्युनिस्ट आन्दोलनको एउटा शक्ति विश्वमा सप्पन्न क्रान्तिको मोडेल माओत्सेतुङको नेतृत्वमा सन १९४९ मा सम्पन्न चिनियाँ जनवादी क्रान्ती र लेनिनको नेतृत्वमा सन १९१७ रुसमा सम्पन्न शस्त्र शहरिया जनबिद्रोहको सैद्धान्तिक आधारलाई राजनैतिक तथा बैचारिक आहारा बनाई नेपालको सामाजिक,राजनैतिक र आर्थिक विशेषता अनुरुप घरेलु प्रतिक्रियावाद हुँदै सामन्तवादी राजतन्त्रका विरुद्ध एउटा कम्युनिस्ट टुकडी २०४८ सालको राष्ट्रिय एकता महादिवेशन मार्फत वर्ग सत्रुका चङगुल बाट नेपाली जनतालाई मुक्त गर्ने अभिभारा सहित मालेमावादको बैचारिक आलोकमा टेकि देशको समाजिक,राजनीतिक सास्कृती तथा आर्थिक विशेषता अनुरुप दीर्घकालीन सशस्त्र जनयुद्धको राजनैतिक कार्यदिशा तय गर्दै अघोषित रुपले त्यहिबेलै देखि स्थानिय जाली,फटहा विरुद्ध कार्वाही र चेतावनी गर्दै आएको ईतिहास पाईन्छ।
त्यसपछी पार्टीले चालेको कदम र कार्वाही प्रती जनविश्वास र मुक्तिस्वतन्त्रता देखिसकेपछी नेकपा माओवादी पार्टीको भौतिक शक्ति क्रमिक ढङगले राजनैतिक तथा सांगठनिक हिसावले फराकिलो बन्दै गएको पाईन्छ।
त्यसपछी नेकपा माओवादी पार्टीले राजनैतिक र भौतिक रुपमा फौजी हमला गर्दै २०५२ साल फाल्गुन १ देखि सशस्त्र जनयुद्धको घोषणा गर्न पुग्यो।
सोही दिनमा एकैचोटि तीन ठाउँमा फौजी आक्रमण गरि बिजय हासिल गर्न पुग्यो।
जसमा रुकुमको आठबिसकोट राडी प्रहरी चौकी,रोल्पाको होलेरी प्रहरी चौकी र सिन्धुलिको सिन्धुलिगढि प्रहरी चौकिमा पहिलो बिजयको ढोका खोल्न सफल भयो र प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध धावा बोल्यो।
क्रमिक रुपले यसले आफ्नो राजनैतिक र फौजी आकार बढाउदै सशस्त्र संघर्षलाई उचाई दिदै गयो।
कहि कतै रोकियन,गलेन र थाकेन निरन्तर अघि बढदै दिन दुई गुणा रात चौ गुणा संख्यात्मक विकास हुँदै ठुलो आकार निर्माण गर्न पुग्यो।
तत्पश्चात स्थानिय सत्ता र तिनका मालिकहरु गाउ छोडी भाग्न पुगे र जाली तमुसुक च्यातिए गरिव किसान सुकुम्बासी महिला मुक्तिका आवाज उठे,जातब्याबस्थाका विरुद्ध बोल्नु पर्छ र बिद्रोह गर्नुपर्छ भन्ने चेतनाको बिगुल बज्यो संघर्षले झन झन उचाइ कायम गर्दै गयो र २०५८ सम्म आईपुग्दा जनमुक्ती सेनाले तत्कालीन शाही नेपाली सेनासंगको पहिलो लडाई दाङको घोराही ब्यारेकमा आक्रमण गरि सुरु गर्यो र सफलता पुर्वक बिजय पनि हासिल गर्यो र सयौंको संख्यामा अत्याधुनिक हातहतियार र अगन्ने मात्रामा युद्ध सामाग्री प्राप्त गर्न सफल भयो सफलता पश्चात् लालसेना आधार भुमिमा पुगेर बिजय उत्सव मनाउदै २०५८मंसिरलाई ८ लाई जनमुक्तिसेना नामाकरण गरि जनमुक्ती सेना स्थापना दिवस त्यही बिजयको दिनलाई मनाउने घोषणा गर्यो र आजको दिन जनमुक्ति सेनाको दिवस विरता बलिदान मुक्ति र संघर्षको पर्याय हो।
अस्त्र शस्त्र द्वारा सुस्जित जनमुक्ती सेना कहिले पुर्व भोजपुर बेनि त कहिले पश्चिम अछाम पिलि कहिले रुकुम खारा त कहिले बर्दिया रम्बापुर तिर बम र बारुदको धुवा भित्र लुकामारी गरिरहयो बिजय र पराजयको सस्मरण बनिरहयो।
यसले हजारौ कमान्डर जन्मायो पनि सयौं कमान्डर गुमायो पनि यसरी सयौं कमान्डरहरुको वलिदानी भएपनि हजारौं यौद्धाहरुको वलिदानी भएपनि राज्यकोषको रासन खाएर जनतामाथी शासन र शोषण गर्ने नरभक्षी राक्षहरुसंग नझुकी लडिलरहयो।
जनमुक्ती सेनाको वलमा देशको राष्ट्रिय राजनितिमा नयाँ किसिमको तरङग पैदा भयो त्यो भन्दा पहिले निरङकुश सामन्ती राजतन्त्र र दलाल प्रतिक्रियावादीका विरुद्ध गरिएका सबै आन्दोलन असफल हुन पुगेका थिए।
माओवादी पार्टी र जनमुक्ती सेना जनताको बिचमा लोकप्रीय बन्दै जादा जनमुक्ती सेना हर चुनौतिको सामना गर्दै बिजय बन्दै जादा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता कु गरेर देशमा दुर्घटना निम्त्याउन दुस्प्रायास गरे।
जनताको जन बिद्रोहको डढेलो चारैतिर सल्किसकेको थियो भने उता मुलधारको राजनीतिमा रहेका काङ्ग्रेस एमाले पनि माओवादिसंग सहकार्य गर्ने या राजाको पक्षमा हुने भन्ने दोधारमा थिए र ज्ञानेन्द्रले कु गरि सम्पुर्ण सत्ता आफ्नो हातमा लिइ उनीहरुलाई सत्ता च्युत बनाइ सकेका थिए।
अब भने उनिहरुलाइ अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने अबस्था आइसकेको थियो।
अब भने काङ्ग्रेस र एमाले ज्ञानेन्द्रको दमन बाट बच्न माओवादिलाई भेटन रोल्पासम्म पुगे र जनमुक्ती सेनाको लावालस्कर देखे।
र विशाल पार्टी देखे माओवादी प्रती जनताको समर्थन देखे त्यसैको फलस्वरुप पार्टी र दलहरुले नयाँ मोड लिन पुगे।राजाको नजरबन्दमा परेका काङ्ग्रेस एमालेलाई माओवादी पार्टीले उद्दार गर्यो र सात दल बिच बिस्तृत शान्ती सम्झौता भयो।
देशमा सात राजनैतिक पार्टीको आयोजनामा सयुक्त १९ दिने जनआन्दोलनको घोषणा भयो।२३८ बर्ष मुलुकमा शासन गरेको राजतन्त्रको औपचारिक बिदावारी भयो।जनमुक्ती सेनाको ब्यारेकीकरण भयो।आदा हिस्सा भन्दा बढी जनसेनाका कमान्डरहरु फ्रमेशन बाहिर जनसम्पर्कमा पठाउने निर्णय पार्टीले गर्यो।
देशमा अन्तरिम सरकार बन्यो पार्टी नेताहरु बजारिकरण भए गोल्ड स्टार र मिल्टरी जुत्ताहरु झारिमै फालेर गाउँबाट शहर पसे जनमुक्ती सेनाका यौदाहरु ब्यारेकमा कैद गरिए।औपचारिक ज्ञान आर्जनमा उसका दिनचर्याहरु बित्दै गए।त्यो पट्यार लाग्दो र उकुसमुकुस पुर्ण बसाईले जनमुक्ती सेनाको भाग्य रेखामा प्रश्न चिन्ह खडा गरिदियो।
र बिस्तृत शान्ती सम्झौताकै कुरा पनि अन्य दल लगाएत आफ्नै पार्टीलाई जनमुक्ती सेना घाडोको रुपमा महसुस हुन थाल्यो देशमा राजनैतिक लुछाचुडिको युद्ध भयावह रुपमा चलिरहयो।
बिस्तृत शान्ती सम्झौतामा भएका सैद्धान्तिक आधारहरु कार्यन्वन गराउन दलहरु भित्रै खिचातानिको लडाई भयो।देशमा नयाँ संविधान निर्माण गर्न दुई दुई चोटि स्थगित भएर २०६४ को चैत्रमा संविधान सभाको निर्वाचन सम्पन्न भयो।देशको पहिलो पार्टी माओवादी पार्टी बन्न पुग्यो। देशमा लोकतान्त्रिक गणतन्त्र को कार्यन्वन लागि कानुन लेख्ने कार्य सुरु भयो करिव करिव ६ बर्ष बितिसक्दा पनि देशमा नयाँ कानुन जारी हुन सकेन।पार्टीका नेताहरु र जनमुक्ती सेनाका कमान्डरहरु कमाउ धन्दामा अभ्यस्त हुन थाले।
जनसम्पर्क र जनसेवाट टाढिदै गए पैसाकै निम्ति आफ्नै कमरेडलाई पनि ठग्न लागे पार्टी बिग्रीयो।
महान चिनियाँ क्रान्तिका नायक माओले भनेको कथन यहाँ पनि लागू भयो।”यदि बिचार कार्यदिशा गलत छ भने प्राप्त गरेका हरेक चिजहरु पनि गुम्ने छन” भन्ने ब्यबहारत पुष्ठि भयो। जनमुक्ती सेना सौतेलो ब्यबहारमा पर्यो श्रम र आवास निर्माणमा ब्यस्त जनमुक्तिसेनाले जङललाई बस्ती बनायो जनमुक्ती सेना यस्तो सस्था थियो जसले अक्षर चिन्न नजान्नेलाई पढन,लेख्न सिकायो, जान्नेलालाई झन जान्ने बनायो जन मुक्ती सेनाले डाक्टर जन्मायो,वैज्ञानिक जन्मायो ईन्जिनियर जन्मायो तर जब जनमुक्तिसेनाको प्रमाणीकरण योग्य र अयोग्यको विषय आयो जनमुक्तिसेनाको मन र बिचारलाई बिभाजन गरिदियो। आगोको मोल्टोसंग जुधेको जनसेनाका कमान्डरहरुलाई अयोग्यको बिल्ला भिरादिएपछी जनमुक्ती सेना भित्र सुषुप्त ढङगले बिचलन र पलायनता सुरु भयो।बिस्तृत शान्ती सम्झौतामा उल्लेख भएबमोजिम जनमुक्ती सेना र शाही नेपाली सेना दुबै शक्ति मिलाएर बिना सर्त राष्ट्रिय सेना बनाउने सहमतिको उलंघन भयो।राष्ट्रिय राजनितिले निकास पाएन।संविधानसभा विघटन भयो पुनः २०७० सालमा संविधानसभाको चुनावको मिति तय भयो।
यो समय सम्म आईपुग्दा जनमुक्ती सेना विघटन भैइसकेको थियो। जनमुक्ती सेनाको पारिश्रमिकको मोलमोलाई भयो र ५ देखि ८ लाख सम्म तहगत आर्थिक प्याकेज दिने निर्णय कार्यनयन भयो। कयौं घाईते जनमुक्तिसेनाहरु अहिले पनि आफ्नो आधा शरीर बचाउन घरखेती बेचेर उपचार गर्दैछन।
कयौं कमरेडहरु ५०औ लाख खर्च गर्दा पनि मृत्यु हुन परेको छ।पुरानो सत्ताको जरा हल्लाउने जनमुक्तिसेना रुदै घर फर्कनु पर्यो।आफैले ल्याएको नयाँ दिन देख्न नपाई अरव र कालापहाडतिर झोली कम्ली बोकेर जाना बध्य भए। आफैले ल्याएको गणतन्त्रलाई सत्तोसराप गर्दै आज बिभाजित जिन्दगी बिताईरहेका छन। एउटा सत्य यहाँ छ कि जब माओवादी पार्टी शान्तिपूर्ण राजनितिमा जाँदै गर्दा त्यतिबेलै भारतिय कम्युनिस्ट पार्टी माओवादी र अमेरिकी कम्युनिस्ट पार्टीका महासचिव वभअभाकियनले खुल्ला पत्र मार्फत यस्तो सुझाव लेखेका छन। तपाईहरु लमो वर्गसंघर्ष पछि शान्तिपूर्ण राजनितिमा जाँदै हुनुहुन्छ यसबेला तपाईहरुले यी दुई कुरामा ध्यान दिन जरुरि छ पहिलो जनसत्ता र दोस्रो जन सेना बिघटन नगर्नुहोला भनेर।
यो कुनैपनी बेला काम लाग्न सक्छ क्रान्तिबाट आर्जित पुजि हो। प्रतिक्रान्तिकारिहरु जुनसुकै बेला पनि पार्टीका विरुद्ध जनताका विरुद्ध लाग्न सक्छन त्यसबेला यी दुई समन्यत्र काम लाग्नछन भनेर आज जनमुक्ति सेना नभैईसकेपछी माओवादी पार्टी दाह्रा,नङ्गरा नभएको बूढो बाघ झै भएको छ। १२/१३ सयको संख्यामा सरकारी सेनामा समाहित जनमुक्तिसेना ९० हजारको विचमा हाल्दा हात्तिका मुखमा जिरा जस्तै बन्न पुग्यो।
माओवादी बिभाजन भयो।एकले अर्कोलाई राजनैतिक र बैचारिक दोसारोपन गर्नै ठिक्क भए जमुक्ती सेनाको दस्ता बचाउन कसैले सकेन।
अहिले देशमा शोषण दमनको नयाँ चक्रब्यु सुरु भएको छ।बर्ग बिनासको लडाई बिचमै रोकिएपछी बर्गिय,जातिय,लैङ्गकि,समाजिक तथा धार्मिक दरार पैदा भएको छ। समाज रुपान्तरणको अपरिहार्यता झन भन्दा झन टडकारो रुपमा देखा परेको छ र समाकालिन घडिमा यसका सुत्राधारको खाचो छ।
जो कोहिले त्यो आटन सक्दैन यो सनकवाजिको रुपमा प्राप्त हुने कुरा होइन बिचार र बैज्ञानिक प्रयोगबाट प्राप्त गर्ने नतिजा हो।
अन्तमा जनमुक्ती सेना नेपाल संस्था आज औपचारिक रुपमा र संङगठित रुपमा हाम्रो बिचमा नभएता पनि जनमुक्ति आन्दोलनका महान शहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै सम्पुर्ण घाईते यौदाहरु प्रती सिघ्र स्वास्थ्य लाभको कमना र उच्च सम्मा न गर्दै। छरिएर रहेका जनसेनाहरुलाई २३ औ जनमुक्ति सेना स्थापना दिवसको हार्दिक शुभकामना ।
✍️मिसन सुनार पुर्व जनमुक्ति सेना
लेखकको सम्वन्धमा