एमाले सल्यानमा दुई समुह बिच प्रतिस्पर्धा कस्ले मार्ला बाजी

एमाले सल्यानमा दुई समुह बिच प्रतिस्पर्धा कस्ले मार्ला बाजी

चैत २१ सल्यान ।

नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयनका लागि २ समुह बिच प्रतिस्पर्धा हुने भएको छ।

संस्थापनपक्ष र संस्थापनइतर पक्ष गरि दुई गुटमा बिभाजन भएको नेकपा एमाले अहिले १० औं अधिवेशनमा आएर छताछुल्ल भएको हो ।
संस्थापनपक्षले पार्टीमा केन्द्रीयता लादेको र एकलौटी निर्णय गरेर आफू निकटका मान्छेहरुलाइ मात्र जिम्मेवारीमा राख्ने र पार्टी संगठन लाई मनोमानी ढंगले चलाउन खोजेको संस्थापनइतर पक्षले आरोप लगाउदै आएको बेला अहिले अधिवेशनमा आएर यी दुइपक्षबिच झन खिचातानी चलेको हो ।

स्रोतका अनुसार संस्थापनपक्षले बन्दसत्र मार्फत एकल निर्णयमा आफू निकटका मान्छेहरुलाइ नेतृत्व घोषणा गर्ने दाउमा हुदा संस्थापनइतर पक्षले नमान्दा विवाद चर्किदै गएपछि सहमति हुने कुनै आधार नबन्दा चुनावी प्रक्रिया बाट नयाँ नेतृत्व चयन गर्ने सहमति सगै उम्मेदवारी दर्ता सुरु भएको छ।

संस्थापनपक्षबाट अध्यक्षमा भिम बहादुर सेन, उपाध्यक्षमा ओज बहादुर बुढाथाेकी, सचिवमा पुष्पा बाेहरा, उपसचिवमा गणेशमान सिंह र सहनशीलता डिसी ले उम्मेदवारी दर्ता गराएका छन् । याे समुह जिल्लाकाे संस्थापन पक्षधर समुह हाे । याे समुहलाइ प्रदेश अध्यक्ष गुलावजंग शाहले नेतृत्व गरेका छन् ।

त्यस्तै संस्थापनइतर समुहबाट अध्यक्षमा कुल बहादुर गिरी, उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा दिपेन्द्र प्रकाश डिसी, उपसचिवमा गञ्जमान बुढा र बुद्धा कुमारी खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । याे समुह जिल्लाकाे संस्थापनइतर समुह हाे । याे समुह केन्द्रमा केपी शर्मा ओलीसँग निकट रहेकाे स्रोतले बताएको छ।

दुबै समूह आफुले बाजि मार्ने हुटहुटी सहित मैदानमा उत्रेका छ्न । मतदान भोली बिहान ८ बजेदेखी दिउँसो तीन बजेसम्मको समय तोकिएको छ । त्यसपछि मत गणना सुरु हुने छ ।
चैत १८ गते उद्घाटन भएको एमालेको १०औं जिल्ला अधिवेशन आन्तरिक किचलोको कारण चारदिन पछि मात्रै निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो ।

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज