सल्यानमा राप्रपा नेपालको वर्तमान ब्यबस्था विरुद्ध बिरोध प्रदर्शन सम्पन्न

सल्यानमा राप्रपा नेपालको वर्तमान ब्यबस्था विरुद्ध बिरोध प्रदर्शन सम्पन्न

चैत्र १ सल्यान ।

सल्यानमा राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापना लगायत विभिन्न माग राख्दै वर्तमान ब्यबस्था विरुद्ध बिरोध प्रदर्शन तथा दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ।
भ्रष्ट ब्यबस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था पुन स्थापन गर्न ,प्रदेश संरचना खारजे गर्न ,मिटर ब्याज लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधान गर्न लगायत विभिन्न माग राख्दै सल्यान खलंगामा दबाबमूलक कार्यक्रम सम्पन्न गरेको हो ।

बिरोध प्रदर्शन कार्यक्रम लाई सम्बोधन पार्टी अध्यक्ष बालाराम शर्माले राजसंस्था हिन्दुराष्ट्र पुनः स्थापन र प्रदेश संरचना खारेज भ्रष्टाचारको अन्त्य लगाएतका विभिन्न माग राख्दै आफ्नो धारण व्यक्त गरेका थिए।
कार्यक्रम पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता लगायत राष्ट्रवादी जनसमुदायको उपस्थिति रहेको थियो।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज