March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
जनयु’द्धमा लाग्नु पूर्व नै हामी आत्मनिर्भर भैसकेका थियौं : लोकमान बुढाथोकी

जनयु’द्धमा लाग्नु पूर्व नै हामी आत्मनिर्भर भैसकेका थियौं : लोकमान बुढाथोकी

२५ औ जनयु’द्ध दिवसको सन्दर्भमा नेकपा (नेकपा) सल्यानका प्रभावशाली नेता तथा बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी सँग नयाँ दृष्टि डटकमको लागि संपादक भुपिनले लिनु भएको बिशेश अन्तरवार्ता । (नोट : १ बर्ष पुरानो अन्तरवार्तालाई २६ औं जनयुद्ध दिवसको अवसरमा पुनः प्रकाशन गरिएको हो ।)

१. तपाई किन जनयु”द्धमा लाग्नु भयो ?

त्यतिबेला हाम्रो गाउको परिवेश नै अलि छुट्टै खालको थियो ।  ब्युरेखोलामा हामी ८ घरको गाउँ थियो । हामीसबैलाई हेपिएको जस्तो, हेला गरिएको जस्तो लाग्थ्यो । हामी जुम्माल, मोख्याहरूको चेपुवामा परेकै हो । त्यतिबेलाका जुम्माल खलक, मोख्या खलकहरू खत्री गाउँ, गैरागाउ तिरका हुनुहुन्थ्यो । उहाँहरूले हेपाह व्यबहार गर्नु हुन्थ्यो । त्यसपछि हामीलाई कम्तीमा पनि आफ्नो अधिकारको लागी कम्युनिस्ट पार्टीमा लाग्नुपर्छ भनेरे बिशेश गरेर लिडरहरूले सुझाव दिनुभयो र हामी जनयु”द्धमा लागीम ।

२.तपाईंको जिवनमा जनयु”द्धले कस्तो प्रभाव पार्यो ?

मलाई सकारात्मक प्रभाव पारेको जस्तो लाग्छ किनकी म बिगतमा अलि बिद्रोही स्वाभावको मान्छे, कसैले भनेको नसहने । एक्लैएक्लै लडेको भए म कुनै न कुनै अप्ठ्यारोमा पर्थेहोला भन्ने महसुस हुन्छ । तर जनयु”द्धमा रहदाखेरी म संगठनात्मक भुमिकामा रहे। संगठनले मेरो रक्षा गर्यो । मैले संगठनको लागि काम गरे। त्यसकारण जनयु”द्धले मलाई सहि ठाउँमा ल्यायो भन्ने ठम्याइ छ।

३.जनयु”द्धमा तपाईंको अविस्मरणीय क्षण के छ ?

२०५५ मंसीर २६ गते मैले घर छोडे। घर छोड्दा अरुले अली आफ्नै खालले छोड्छन तर मैले बजारमा बिशेश गरेर सबैलाई म आजका मिति देखि यो घर छोडेर होलटाइमर कार्यकर्ता हुदैछु भनेर झोला बोकेर बजारलाई वाइवाइ गर्दै खरीवोटको उकाली लागेको दिन एउटा सम्झना हुन्छ र त्यसैगरी २०६१ सालमा जनमुक्ति सेनामा जाँदैगर्दा त्यो बजारले त्यहीँबाट बिदाई गरेर वारि डांडाबाट पल्लो डांडा हात हल्लाउँदै जाँदाको दिन मलाई अविस्मरणीय छ।

४.जनयु”द्धका लक्ष्य उदेश्य र आदर्शहरू कति पूरा भए भन्ने लाग्छ ?

मैले देखेको कुरा जुन लक्ष्यका साथ हामी जनयु”द्धमा लाग्यौं । मातहतका कार्यकर्तालाई लगायौं । खास भने जस्तो लक्ष्यमा पुर्याउन नसकेको जस्तो अनुभुती हुन्छ ।किनकी पहिलो कुरा जनयु”द्धमा लागेका कार्यकर्ता ब्यस्थापन गर्न नसकेपछि एउटा यो लक्ष्य पूरा भएको जस्तो मान्दिन । दोस्रो कुरा के हो भने जुन वर्ग समुदायको लागि यु”द्ध गरिएको थियो । त्यो खास पूरा भएको जस्तो मलाई लाग्दैन । अहिले निर्वाचित जनप्रतिनिधि भै सकेपछि पनि त्यहीँ वर्गको लागि काम गर्नुपर्छ भन्ने उदेश्यका साथ म लागिराख्या छु।

५. भनेपछी जनताको जिवनमा भने जस्तो परिवर्तन भएन ?

त्यो भने जस्तो भएन । मेरो ब्यक्तिगत रूपमा भन्नुपर्दा म आफै आर्थिकरुपले आत्मनिर्भर थिए । म त्यतिखेर पनि ब्यापारीक जीवन बिताईसकेको मान्छे हु । पहिला हामी मकै बेसाएर खाने मान्छे हौं । तर पार्टी, जनयु”द्धमा लाग्नु पुर्व हाम्रो गाउकै सन्दर्भमा भन्नुहुन्छ भने हामी सबै slc पास गरेका र खानालाउन पुग्ने गरि आत्मनिर्भर भैसकेका थियौं । पहिला हामीले आफ्नो सम्पुर्ण तयारी गर्‍यौं । खाना प्रसस्त पुग्थ्यो । मैले तपाईलाई उदाहरण भनौं म होलटाइमर कार्यकर्ता हुदाभन्दा पुर्व बर्षदिनलाई पुग्ने चालम, दाल राख्या हुन्थ्ये । अनि बर्ष दिनभरी ब्यापारमा मुभ हुन्थे । हाम्रो गाउँको त छुट्टै बिशेशता थियो । म त्यो वर्ग (सर्वहारा) को लागि , जनताको लागि केही सोचेर गए । तर मलाई खास जनताले पाएको त्यस्तो जस्तो अनुभुती हुदैन।

६.जनयु”द्धका राम्रा पक्षहरू र नराम्रा पक्षहरू के हुन ?

राम्रो कुरा के भने साहुहरूको शोषण वि’रुद्ध बिद्रो’ह गर्नुपर्छ, आवाज उठाउनुपर्छ भन्ने चेतना जनस्तरमा स्थापित गर्न सकियो । यो राम्रो कुरा हो जस्तो लाग्छ । नराम्रो कुरा एउटा के भने जनता कार्यकर्तालाई जुन सपना देखाइयो त्यो पूरा भएन । अर्को ब्यक्तिगत स्वार्थले पार्टीमा लाग्ने र स्वार्थ पूरा भएपछि पार्टी छोड्ने प्रवृत्ति थियो । अनि हिजो हामिले रक्सी फाल्यौं, कारवाही गर्‍यौं । मदिरा खाएकै कारणले मैले मेरो जेठान लोकेन्द्र केसीलाई गुमाउनु पर्यो, हाम्रै जनसेनाको साथी बाट उहाँको ह’त्या भयो। तर अहिले हाम्रै साथीहरू रक्सी खाएर भ्रष्ट भैरहेका छन । त्यो चै नराम्रो प्रभाव हो।