सल्यानमा एकयुवा मृतफेला प्रकरणमा नयाँ टुविस्ट:घाइतेलाई साथीहरूले नै गरेकाथिए हत्या

सल्यानमा एकयुवा मृतफेला प्रकरणमा नयाँ टुविस्ट:घाइतेलाई साथीहरूले नै गरेकाथिए हत्या

सल्यान असार ११।

सल्यानको बनगाडमा गत जेठ २० गते डुडाखोल–कुवाखोलामा वन क्षेत्रकाे रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका बनगाड कुपिण्डे नगरपालिका-६ का शंकर बिसीको घटनाले नयाँ मोड लिएको छ।

गत जेठ १९ गते दिउँसो साथीहरूसँग वनगाड कुपिण्डे–४ मा लागेको मेला हेर्न गएका २३ वर्षीय शंकर बिसी जेठ २० गते दिउँसो डुडाखोल–कुवाखोलामा वन क्षेत्रकाे रूखमा झुन्डिएको अवस्थामा शरीरका विभिन्न भागमा चोटपटक लागि रगत बगिरहेको अवस्थामा मृत फेला परेका थिए।

तत्पश्चात उनिसंगै सँगै मेला हेर्न उनकै गाउँका २७ वर्षीय साजन बिसी, २६ वर्षीय राजु बुढा क्षेत्री र २१ वर्षीय सोमराज केसीलाई शंकरको शव फेला परेलगत्तै अनुसन्धानका लागि उनिहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको थियाे।

मृतकको पोष्टमर्टम रिपोर्टमा मृत्युको कारण शंकास्पद रहेको देखिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न माध्यमबाट उक्त घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको थियो ।
उक्त प्रहरीको सुक्ष्म अनुसन्धानले मृतक सहित उनका साथीहरू मेलाबाट फर्किने क्रममा माेटरसाइल दुर्घटनामा पर्दा मृतक शंकर बिसि गम्भीर घाइते भएको खुल्न आएको छ।

दुर्घटना पश्चात् उनका साथीहरूले उनलाई उपचार गर्नु र घरपरिवारलाई जानकारी गराउनुको साटाे घाइतेलाई नै हत्याको योजना बनाइ हत्या गरेको गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनिहरुले गम्भीर घाइते शंकरकाे उपचारमा धेरै खर्च लाग्न सक्ने ठानेर घाइतेलाई अस्पताल लैजानुको साटो मिलेमतोमा नजिकैको जंगलको रूखमा लगेर झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक केशर न्यौपानेले बताए।

उनिहरु मेलाबाट फर्ने क्रममा माेटरसाइल दुर्घटनामा पर्दा शंकर गम्भीर घाइते भएको खुल्न आएको छ। त्यसपछि मदिराले मातेका उनका साथीहरूले उनलाई उपचार गर्नुकाे साटाे थप हत्या गरेको प्रहरी अनुसन्धानले देखाउछ। उनिहरुले गम्भीर घाइते शंकरकाे उपचारमा धेरै खर्च लाग्न सक्ने ठानेर घाइतेलाई अस्पताल लैजानुको साटो मिलेमतोमा नजिकैको जंगलको रूखमा लगेर झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले बताए ।

उनिहरु पहिला शंकर सहित चार जना रहेको शंकर र सोमराज सवार मोटरसाइकल दुर्घटनामा परेपछि पक्राउ परेका सोमराजका जेठान दीपक रावतको घर नजिकै रहेकाले मोटरसाइकल चढेर दिपकलालाई बाेलाएको हुदा त्यहा दिपककाे पनि संलग्नता रहेको प्रहरी अनुसन्धानमा देखिन्छ।

तर पक्राउ परेका चारै जना याे घटनाबारे नबोलेको प्रहरीको भनाइ छ। नबाेल्नुकाे पहिलो कारण मोटरसाइकल अर्काको रहेको र चालकसँग सवारी चालक अनुमति पत्र नहुनु जस्ता कारणहरूले पनि उनीहरू आत्तिएर गलत निर्णयमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ।

तर दोषीहरुले मोटरसाइकल शंकरले नै चलाएको भन्ने मात्रै खुलाए पनि मोटरसाइकल दुर्घटनामा परेको पुष्टि भइसकेकाे छ। यहासम्म कि दुर्घटनापछि उनिहरुले अटाे समेत बाेलाउन खाेजेका थिए र घाइतेलाई हस्पिटल लैजानका लागि राति १ बजेतिर अटो चालकसँग सम्पर्क गरेको कुरा पनि प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ।

त्यसपछि प्रहरीले ती अटोवालासँग पनि बयान लिएको थियो। अटोचालकले राति १ बजे आफूलाई एक जना युवाले फोन सम्पर्क गरेको तथा आवश्यक परेमा फेरि सम्पर्क गर्ने भने पनि फेरि फाेन दोहोर्‍याएर सम्पर्क नगरेको बयान गरेका थिए।

उनिहरु दुई वटा मोटरसाइकलमा हिडेको र शंकर सवार भएको माेटरसाइकल दुर्घटनामा परेपछि घटना घटन पुगेको पाइन्छ ।
प्रहरीको गहिरो अनुसन्धान बाट उनिहरु माथि उल्लेखित तिन कारणले दाेषि भएको ठहर गरेको छ ।
पहिलो दुर्घटना भइसकेपछि पनि उनिहरु संग अर्काे एउटा माेटरसाइल छ तर शंकरलाई रातिमा तत्कालै हस्पिटल नलिनु, घाइते अवस्थाका शंकर अस्पताल नगई आफै कसरी झुण्डिन जान सक्छ? त्याे जंगलमा घाइते शंकर आफै झुन्डिन भारी बोक्न प्रयोग हुने नाम्लो (बरियो) कसरी ल्याउछन ? भन्ने कुरालाई प्रहरीले प्रमुख आशंकाको घेरा बनेको डिएसपी न्यौपाने बताएका छन।

सोही अनुसन्धानमा खटिएको प्रहरी टाेलिले प्रहरी हिरासतमा रहेका चार जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाउन माग दाबी सहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउदै पक्राउ परेका चारै जनाविरूद्ध कतर्व्य ज्यान मुद्दा चलाउन माग दाबी गरेको छ।