आमा राेईरहेकाे बेला

आमा राेईरहेकाे बेला

कविता
आमा तिमी त पटक पटक घाईते भईरहन्छ्यौ
तिमिलाई निष्ठुरी छिमेकिले लुछिरहन्छ र तिम्रो अस्मिता माथि धावा बाेल्दै
अप्ठराे पारिरहदा मलाई ‘बचाउ ‘ भनेेर चित्कार गरि ठुलै स्वरमा आवाज निकालि रहेकि छाै ।
आमा , हामी गरिब भएकै कारण हाे नि
हेर ऊ पारिकाे छिमेकिले बर्सौदेखि हेपिरहेकाे छ
हामी पैतृक सम्पतिकाे सुरक्षा गर्ने बिबेक बुद्धिकाे कमाराेे भएकै कारण हाेला ,
हाम्रो बंशानु सम्पती हरण गर्न खाेजिरहेकाे छ ।
आमा , हामिलाई थाहा छ
ऊ त्यही पारीकाे हाे हामी रातमा सुतिरहेकाे अबस्थामा
सुटुक्क साँध सारेकाे र किल्लाहरु ढालेकाे ,
बिहान उठेर मेराे सम्पती खाेई ? भनेर माैलिक हक अधिकार खाेज्दा
खुट्टा सुर्किने र लड्न तम्सेको ।
आमा, त्यही पारी पल्लाटारे छिमेकि हाे ,
तिमिलाई छलकपट गरि तिम्रो ईज्जतमाथि धावा बाेल्ने काेसिस गरेकाे
यद्यपि तिमिले मलाई तिम्रो गर्भमा बाेकेकाे बेला
तिमिले खाने खुराक तथा चिन्तन तिमिले देखिरहने सपनामा ” खुकुरी – खुकुरी ” भनेकाे
त्यही मेराे गर्वमा हुर्कदै गरेकाे इन्द्रीय शक्तिमा त्यही हतियार खुकुरीले ऊ पारिकाेलाई हानेर लखेट है भनेकि थियाै ।
आमा , मैले तिम्रो गर्वबाट याे भुगाेलमा जब पाईला टिके
सिग्गो सम्पती तलमाथि पारेकाेलाई र झनै अल्लि पारिकाेलाइ छिटटै चिने ,
किनभने तिम्रो गर्वमा मलाई तिमिले सिङगाे सम्पती सुरक्षा गर्न चिन्तनबाट दिएकाे खुकुरी
र ससारसँग लडन दिएकाे खुराकि चिन्तन बिचार र खकुरि कम्मरमा भिरेकाे छु आमा ,
प्राण रहुन्जेल ऊ पारिकाेलाई छाेड्दिन आमा म ।
आमा, ऊ पारिकाे त्यहि छिमेकि हाे तिम्रो ईज्जत माथि हमला ,
हाम्रो पैतृक सम्पती लुटपाट गर्न आट गर्ने
ऊ पारिकाेलाई मलाई तिमिले प्राण दिएर
हाम्रा पुर्खाले आर्जेकाे सम्पती बचाउने जुन निर्देशन दिएकि छाै
अब म ऊ पारिकाे छिमेकिलाई छाेडदिन आमा
आमा , तिमिले जीवन दिएर मलाई ठुलै गुण लगायाै
याे त युगान्तकारी गुण हाे
आमा जब तिमिलाई त्यही दु:ख परेकाे बेला संसारभरी छरिएका
तिम्रा सबै सन्ततीहरुलाई तिम्रो जीवन सुरक्षाका लागि
मैले मुक्तिमोर्चा तैयारि गरिरहेकाे छु आमा
आमा तिम्रो जीवन रक्षाकाे लागि म पुर्बकाे बिहानिकाे सुर्यकाे लाल किरण झै
उज्यालो लिएर यहि धर्तिमा चमत्कार लिएर आउने छु आमा
जनक बिसि
स्वर्गद्वारी -५,
हाल साउथ इन्डिया