राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौ जेठ ६

सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा। पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।

यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

जसमा डा. विश्वनाथ पौडेल, का।मु गभर्नर निलम ढुंगाना, डा। पूर्वसचिव दिनेश भट्टराई हुनुहुन्थीयो । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको मन्त्री गुरुङले बताउनुभयो । ‘डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ’ उहाँले भन्नुभयो।

मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको बताउनुभयो ।