August 29, 2026, Saturday
२०८३ भाद्र १३, शनिबार
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल शाखा सल्यानको जिल्ला अधिबेशन सम्पन्न

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल शाखा सल्यानको जिल्ला अधिबेशन सम्पन्न

१३ फागुन, सल्यान । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल सल्यान शाखाको चौथो अधिबेशन सल्यान सदरमुकाम खलंगामा सम्पन्न भएको छ।

सुरेश चन्दकाे अध्यक्षता तथा नेकपा(एमाले)सल्यानका सचिव तथा मानवअधिकार एलायन्स सल्यानका संस्थापन अध्यक्ष ओज ब बुढाथोकीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य तथा गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव दिपेन्द्र डिसि,अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य घनश्याम पुन,राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य प्रिन्स बस्नेत ,अनेरास्ववियु सल्यानका निवर्तमान अध्यक्ष राम ब केसी लगायत सामाजिक तथा मानवअधिकार क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तिहरुकाे उपस्थिति रहेको थियाे ।

अधिवेशनले शुरेश चन्दको अध्यक्षतामा ११ सदस्य कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा विशाल खडका , सचिब सरिता पुन, किरण शाही उप सचीव ,केशरी श्रेष्ठ कोषाध्यक्ष , सदस्यहरुमा दिपा श्रेष्ठ ,दिलिप रावत,कमला चन्द शाही , जानकी भन्डारी ,उर्मिला वलि र आशा शाही रहेका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज