June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
लागुपदार्थ कारोबारको आरोपमा २ जना युवा पक्राउ

लागुपदार्थ कारोबारको आरोपमा २ जना युवा पक्राउ

७ फागुन, कैलाली। लागू पदार्थ खैरो हिरोईनको कारोवार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

कैलालीको लम्कि चुहा नगरपालिका वडा न. ०३ चिसापानी नया बस्ती बस्ने नर बहादुर बिष्टको घरमा लागु औषध(खैरो हिरोईन)को कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इप्रका लम्कीको कार्यालयबाट खटीएको सादा पोसाकको प्रहरी टोलीले निजको घरमा गई रितपुर्वक खान तलासी गर्दा बन्द कोठा भित्र निजको छोरा अ. बर्ष २२ को बिरेन्द्र बिष्ट र ऐ.ऐ. बस्ने बर्ष अ. २८ को राज सुनारले लागु औषध (खैरो हिरोईन) बिक्रि बितरणको लागी पुडिया(पोका) बनाई राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ।

पोका पारिएको पलास्टीक, धागो सहित सहित १२ ग्राम ९८० मिलिग्राम र पलास्टिक हटाई तौल गर्दा ९ ग्राम १५० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित बिरेन्द्र बिष्ट र राज सुनारलाई प्रकाउ गरीएको हो।

साथै उनिहरुलाइ प्रहरी कार्यालयमा ल्याई आबश्यक अनुसन्धान भई रहेको इ प्र का लम्की चुवाले बताएको छ।