‘हिन्दु धर्म र पछिल्लो राजनीतिक घटनाक्रम बारे’ महानायिका करिस्माले लेखिन भावुक टिप्पणी
जेठ २८, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार साँझ गाली खान्छु भन्ने थाहा हुँदाहुँदै मनमा लागेको र भोगेको कुरा सार्वजनिक गरेको मानन्धरले बताएकी छन्।

नेपाल भन्ने देश स्वतन्त्र र स्वर्ग थियो तर नेताले अस्तित्व गुमाउन बाध्य भएको उनको टिप्पणी छ। ‘नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो, स्वर्ग थियो तर त्यहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो’, उनले भनेकी छन्, ‘म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ! आशा छ हिन्दुहरुलाई यो सब सहन सक्ने साहसभगवान पशुपतिनाथले प्रदान गर्नेछन् ! हर हर माहादेव।’
पछिल्ला दिनमा क्रिश्चियन संस्कृतिले रातो टीकाको गौरवलाई घृणा गरेको उनको भनाइ छ। भवनालाई ढुंगा भनेकोप्रति उनको आपत्ति छ भने हिन्दु धर्मप्रतिको अपमानप्रति आक्रोश व्यक्त गरेकी छन्। डमरू र त्रिशूल किन नेपाली सेनाको चिह्न भन्ने कुरा आएको, आफूहरुको आस्थालाई हटाउने काम सुरु भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।

अभिनेत्री मानन्धरले नेपालको राजनीति २०४६ सालको आन्दोलनपछि सचेत भएको भन्दै त्यो बेलाको एउटा दर्दनाक दृश्यकोसमेत सम्झना गरेकी छन्।
‘मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु। हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ। गाली खान्छु त्यो पनि थाहा छ। राजनीति अली सचेत भएको भनेको २०४६ सालको आन्दोलन देखि हो’, अभिनेत्री मानन्धरले भनेकी छन्, ‘त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटीपिटी मारेका थियो। त्यो देखेर ! त्यो दाइले पर्खाल चढ्ने निकै कोशिस गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको बोट त्यो बाटो हिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला !’

त्यो अवस्थादेखि अहिलेसम्म आइपुग्दासमेत शान्ति नआएको उनको भनाइ छ। फेरि जनआन्दोलन, छरपष्ट मृत शरीर, दरबार हत्याकाण्डले सबैकुरा विस्तारै बिग्रदै गएको उनको भनाइ छ।पछिल्लो समय नेपालीमा समाजमा रहेको भाइचारा र धर्मसंस्कृतिको सम्मान ध्वस्त भएको उनको भनाइ छ।
मानान्धरको टिप्पणी जस्ताको तस्तै :
मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ । गाली खान्छु त्यो पनि थाहा छ । राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आन्दोलन देखि हो ! त्यो पनि पल्लो घरको अगाडि साथिलाइ भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटि पिटि मारेका थिये, त्यो देखेर !
त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पति को डोब त्यो बाटो हिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला!!
शान्ति !!
फेरि सुरु भयो जनआन्दोलन ! बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो ! तेस पछि त के के हो के के ? दरबार हत्याकाण्ड ।
तेतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृति प्रती सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण ” हिन्दु ,बुद्दिस्ट, मुस्लिम , किरात , डोम, शिख सबैले सबैको सम्मान गर्थे ।
पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्यो !! हाम्रो देवतालाई ढुङ्गा भन्यो ! हामी पंचतत्व पुजँक हौ , प्रकृति पुजँक हौ। “धर्म निरिपेक्ष ” त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो ! मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो । २० वर्ष जति भयो ।
अब हुदा हुदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ! भैरव , काली , शिव , गणेश , किन “गण ” हरु को नाम राख्ने भन्ने कुरा आयो ! व्यवस्था परिवर्तन भयो ! भयेपछी रोएल नेपाल भनिएकाहरु हटाउ !! तर हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ?
जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ तेस्तै हामिलाइ पनि हुन्छ होलानी ! अहिलेको अवस्थामा 2011 को जनगणना आनुसार हिन्दुको प्रतिशत 80% above छ । हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ । तर हेर्नू होला अबको दुइ वटा जनगणना पछि हिन्दुको संख्या 8% हुनेछ ।
हाम्रो आर्मी दलको नाम ” जिजस ” दल “मेरि” दल हुनेछ । ( though I respect them because they are somebody’s faith ) मन्दिरहरु 1000 वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ !! नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्याहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो ।
म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए !!
आशा छ 80% हिन्दुहरुलाई यो सब सहन सक्ने शाहास
भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् !
हर हर माहादेव 🙏







प्रतिकृया दिनुहोस्