June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यानमा घर घरमै स्वास्थ्य सेवा

सल्यानमा घर घरमै स्वास्थ्य सेवा

मेघा रेउले

सल्यान,२६ जेठ । सल्यानमा घर घरमै स्वास्थ्य सेवा दिन थालिएको छ । जिल्लाको शारदा नगरपालिका ५ नम्बर वडाले घर घरमै स्वास्थ्य सेवा दिन थालिएको हो । शारदा नगरपालिका ५ नम्बर वडाले वडाबासीहरू लाई स्वास्थ्य सेवा घर दैलो मै पुराउने उद्देश्यले स्वास्थ्य सम्बन्धि घर दैलो कार्यक्रम सुरु गरेको छ ।

शारदा नगरपालिका ५ वडाका वडा अध्यक्ष प्रदीप शाहीले कोरोना भाइरस महामारी नियन्त्रण गर्न सल्यान जिल्लामा निषेधाज्ञा जारी भएको अबस्थामा गाउँ घरमा सामान्य बिरामी हुँदा स्वास्थ्य चौकी, अस्पताल नजाने प्रबिधि भएकाले स्वास्थ्य सम्बन्धि घर दैलो कार्यक्रम सुरु गरिएको जानकारी दिनु भयो । ५ नम्बर वडा सदस्य,एवम शारदा नगरपालिका न्याय पालिका सदस्य पुष्पा पहाडीले कुनै पनि मानिस स्वास्थ्य सेवाको पहुँच बाट बन्चित नहुन भनेर घरमै पुगि स्वास्थ्य सेवा दिन थालिएको जानकारी दिइन ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख अहेव कुसुमा रानाले कार्यालय बाट र घर घरमा गएर स्वास्थ्य सेवा दिइरहेको जानकारी दिनु भयो । सामान्य ख्यालको विरामीलाई चेकजाच तथा औषधी वितरण गरिएको पनि बताउनु भयो । घरमै स्वास्थ्य सेवा पाउन थाले पछि ५ नम्बर वडा वासीहरु खुसी भएका छन ।

स्वास्थ्य सामाग्री वितरण

यसै विच आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको लागी स्वास्थ्य सुरक्षाका सामाग्री नेपाल स्काउट सल्यानले वितरण गरेको छ । रेञ्जर लिडर स्काउट मेघा रेउलेले बुधबार अनमी उमा पुन लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।