सल्यानमा युवा अभियान्ताहरूले ल्याए, एकै पटक २० सिलिन्डर अक्सिजन
जेठ ०२, सल्यान । सल्यानमा अक्सिजन सिलिन्डरको हाहाकार भएको बेला अक्सिजनको लागि ‘मेरो एक हजार अभियान संचालन गरेका युवा अभियान्ताहरूले एकै पटक २० सिलिन्डर अक्सिजन जिल्ला अस्पताल सल्यानलाई प्रदान गरेका छन ।
सामाजिक फेसबुक बाट करिब एक हप्तामा अभियान संचालन गरेका हपिस भण्डारी, आषिस केसी, गोविन्द आभाष शर्मा र टेकराज शाहीको अभियान्ता टिमले संकलन भएको पाँच लाख भन्दा बढी रकमले २० थान अक्सिजन सिलिन्डर खरिद गरेर आईबार उद्योग बानिज्य संघका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरेका हुन । सल्यानमा गतहप्ता अक्सिजनको कमि भएर अस्पतालहरुले बिरामीहरुको उपचार गर्न निक्कैनै समस्या भोग्नु परेको थियो ।
जिल्लाभरि अक्सिजन सिलिन्डरको हाहाकार भएको अबस्थामा सामाजिक संजाल फेसबुकबाट अभियान संचालन गरि देश तथा बिदेशबाट कयौं नेपालीले पठाएको सहयोग रकम बाट उनिहरुले सिलिन्डर खरिद गरि हस्तान्तरण गरेका हुन ।
‘हामीले अहिले सबै नेपालीबाट एकएक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा पनि सिलिन्डर जोडिदिएका छौ। अक्सिजनको कमिले अब कुनैपनी नागरिकले अकालमा ज्यान गुमाउने छैन्न भन्ने आशा गरेका छौ, अभियान्ता तथा पत्रकार आशिष केसीले बताए ।
उनिले करिब ८ दिनमा पाँच लाख २१ हजार रकम संकलन भएको र ४ लाख ४० हजारको सिलिन्डर खरिद गरिएको उनिले बताए । केही रकम बचत रहेकोले त्यसको सदुपयोगको लागि अर्को अभियानको पनि तयारी गरेको उनिले बताए।
जिल्लामा एकपटक अक्सिजन भरेको वेला पनि राजनितिक जस लिने नाममा सामाजिक संजालमा रोइलो गर्ने तर नयाँ सिलिन्डर ल्याउन नसकेको अवस्थामा युवा अभियान्ताहरुले ठुलो संख्यामा सिलिन्डर ल्याउन ल्याएर हस्तान्तरण गरेका हुन । युवा अभियान्ताहरुले ल्याएका खाली सिलिन्डर प्रथम पटक गहेन्द्र गिरीले रिफिल गर्दिएको अभियान्ताहरुले बताए ।







प्रतिकृया दिनुहोस्