छत्रेश्वरि गापाले ल्यायो ३० थान अक्सिजन सिलिन्डर, सिलिन्डर संख्या ४६ थान पुग्यो
२ जेठ, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिकाले एकै पटक ३० थान अक्सिजन सिलिन्डर ल्याएको छ। कोभिड अस्पतालका लागि गाउँपालिकाले अक्सिजन सिलिन्डर ल्याएको हो।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस आफ्नो पालिकाभित्र फैलिएको र उपचार गर्न अक्सिजन चाहिने भएको हुदा अक्सिजन सिलिन्डर ल्याइएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताए । कोरोना सन्क्रमितले अक्सिजन अभाबमा ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष केसिले बताए।
“हाललाई प्रयाप्त अक्सिजन आएको छ” उनले भने – “अक्सिजनको अभाबमा गाउँपालिकाबासिको ज्यान जादैन ।” आबस्यकता अनुसार अरु सिलिन्डर थपिने अध्यक्ष केसिको भनाई छ।
गाउँपालिकाले ३ लाख ७८ हजार ८ सय रुपैयामा बिरगंजबाट अक्सिजन सिलिन्डर ल्याएर नेपालगंजबाट भरेर ल्याएको हो। गाउँपालिकाको भोटेचौरमा रहेको कोभिड अस्पतालमा थप अक्सिजन जडान गरिने तयारी गाउँपालिकाले गरेको छ।
अक्सिजन सिलिन्डर आएसगै १० बेडको रहेको कोभिड अस्पताललाई बेड थपगरी सोमबार २० बेडको बनाइने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकास दाहालले बताए।
सात थान अक्सिजनबाट सेवा दिदै आएको कोभिड अस्पतालमा बिरामिहरुको दिनप्रतिन चाप बढ्दै गएको छ। हाल रहेका ७ थान अक्सिजनबाट कोभिड संक्रमीत बिरामिहरुलाई पालैपालो अक्सिजन लगाउदै गरेको भएतापनी थप आएको अक्सिजनले उपचार गर्न थप सहज हुने अस्पतालका डाक्टर प्रोशेष सिंहले बताए। थपिएका सम्पुर्ण बेडमा अक्सिजन जोडिने उनले बताए।
गाउँपालिका सँग ४३ थान साना ठुला अक्सिजन सिलिन्डर रहेको छ। जसमध्य ठुला ३४ थान र एम्बुलेन्समा राखिने साइजको ९ थान रहेको स्वास्थ्य शाखा उपप्रमुख गणेशमान डाँगीले बताए । अक्सिजन सिलिन्डर बाहेक गाउँपालिका सँग ३ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छ्न ।
सबै जोड्दा गाउपालिका सङ ४६ थान अक्सिजन रहेको गाउँपालिकाले जनाएको छ। थप ५ थान अक्सिजन कन्सन्ट्रेटर खरिदको लागि अर्डर भैसकेको र ३/४ दिनमा आउने बताएको छ।







प्रतिकृया दिनुहोस्