राष्ट्रपतिले ७ वटा अध्यादेश जारी गरेपछी कांग्रेसले दियो यस्तो प्रतिक्रिया
बैशाख २१, काठमाडौँ – नेपाली कांग्रेसले मंगलबार जारी भएका सातवटा अध्यादेशप्रति आपत्ति जनाएको छ।
सभापति शेरबहादुर देउवाले संसदको अविधेशन छलेर शासन चलाउने सरकारको रवैया ठीक नभएको बताएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार यसअघि नै जारी भइसकेका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशसहित सातवटा अध्यादेश जारी गरेकी छिन्।
सभापति देउवाले भनेका छन्, ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’







प्रतिकृया दिनुहोस्