May 28, 2026, Thursday
२०८३ जेष्ठ १४, बिहीबार
सल्यानका सीडीओ हेमराज तामाङ सरुवा, पहिलोपटक महिला सीडीओ आउँदै

सल्यानका सीडीओ हेमराज तामाङ सरुवा, पहिलोपटक महिला सीडीओ आउँदै

फागुन १४, सल्यान । सल्यानका सीडीओ हेमराज तामाङको अध्यागमन कार्यालयमा सरुवा भएको छ । आज गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेपछि सल्यानका सिडिओ तामाङको पनि सरुवा भएको हो ।

हालका सीडीओ हेमराज तामाङको अध्यागमन कार्यालयमा सरुवा भएपछि सल्यानमा नयाँ सीडीओको रुपमा लक्ष्मिदेवी हुमागाई खतिवडा आउँने भएको छन । हुमागाई यस अघि काभ्रेपलान्चोक जिल्लाको सहायक सीडीओको रुपमा कार्यरत थिईन् ।

 


आज गृहले गरेको सरुवा तथा पदस्थापनामा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका हुन ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सल्यान सँगै सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।