June 16, 2026, Tuesday
२०८३ असार ३, बुधबार
केपी ओली र प्रचण्डले आफ्नो पदको लागी देशको लोकतन्त्र आर्यघाटमा पुर्याए : पुरी

केपी ओली र प्रचण्डले आफ्नो पदको लागी देशको लोकतन्त्र आर्यघाटमा पुर्याए : पुरी

पौष २६, सल्यान । नेपाली कांग्रेसका नेता, पुर्ब जिबिस सभापति तथा काङ्ग्रेस महासमिति सदस्य धुर्बराज पुरीले केपी ओली र प्रचण्डले आफ्नो पदको लागी देशको लोकतन्त्र आर्यघाटमा पुर्याएको बताएका छन ।

संसद विघटन र केपि ओलीको सर्वसत्तावादका विरुद्ध प्रत्येक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार शनिबार सल्यान प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को सल्यानको थारमारेमा भएको बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रचण्ड केपीको पदको खिचातानीले देशको लोकतन्त्र आर्यघाटमा पुर्याएको र यसको रक्षाको जिम्मा नेपाली काङ्ग्रेसले लिदै आएकोले संविधानसंगै लोकतन्त्रको रक्षा गररै छाडने उनले बताए । फरक सन्दर्भमा आजको दिन सम्म आइपुग्दा त्यतीलामो १० बर्ष सम्मको आन्दोलन केको लागी र किन भएको थियो भनेर विशेषगरि प्रचण्डले नेपाली जनसमुदायलाई जवाफ दिनु पर्ने उनको भनाइ थियो ।

बिरोध सभलाई महासमिति सदस्य एक राज डाँगी,रामचन्द्र केसी,युबा नेता नेत्र वली लगाएत नेताहरूले सम्बोधन गरेका थिए