June 15, 2026, Monday
२०८३ असार १, सोमबार
दाङ गजल महफिल – कार्तिक ९ गते

दाङ गजल महफिल – कार्तिक ९ गते

गजल अभियान दाङको आयोजनामा कार्तिक ९ गते शनिबार तुल्सीपुरमा दाङ गजल महफिल हुने भएको छ। तुल्सीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालन हुने महफिलमा गजलकारहरू नारायण नेपाल,ऋषि शर्मा सुदामा,बसन्त वली बसन्ती,कपिल मणि,हिमा भुसाल प्रकृति लगायतले गजल वाचन गर्ने छन भने गजलकार एवं संगीतकार सन्तोष श्रेष्ठले गजल गायन गर्ने कार्यक्रम तय गरिएको छ।

महफिलमा साहित्यकारहरू उत्तमकृष्ण मज्गैया, डा.गोबिन्द आचार्य र खगराज न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरिने आयोजकले बताएको छ।कार्यक्रम दिउसो ११ बजेदेखी तुल्सिपुर उपमहानगरपालिकाको हलमा सुरु हुनेछ।