September 22, 2026, Tuesday
२०८३ आश्विन ७, बुधबार
बाबुराम भट्टराईले हेरे ‘छ माया छपक्कै’ यस्तो दिए प्रतिक्रिया

बाबुराम भट्टराईले हेरे ‘छ माया छपक्कै’ यस्तो दिए प्रतिक्रिया

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले चलचित्र छ माया छपक्कै हेर्नु भएको छ।

मंगलबार पार्टीका अर्का नेता राजेन्द्र श्रेष्ठ सहित चलचित्र छ माया छपक्कै हेर्न हल पुग्नु भएका डा.भट्टराईले बिदेशी चलचित्रको दबदबा रहेको हाम्रो देशमा यत्तिको स्वदेशी चलचित्रलाई राम्रो मान्नुपर्ने र प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नु भएको छ।

चलचित्र हेरेपश्चात् सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले भन्नुभएको छ -“छ माया छपक्कै” नाम सुन्दा हल्काफुल्का मसाला फिल्म होला भन्ने लाग्नसक्छ! तर विदेशी फिल्मको दवदवा रहेको हाम्रो देशमा यत्तिको नेपाली फिल्मलाई राम्रो मान्नुपर्छ र सकेसम्म प्रबर्धन गर्नुपर्छ है!

राहित अधिकारीले निर्माण गर्नुभएको उक्त चलचित्र असोज २४ देखि देशभर प्रदर्शन भैरहेको छ।