विश्वका १०० प्रतिभाशाली महिलाको सुचिमा फिनल्यान्डकी प्रधानमन्त्री संगै नेपालकी सपना रोका
मंसिर ०९, काठमाडौँ । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा यसबर्ष फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन संगै नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।
बीबीसीले १०० महिला कार्यक्रम शृङ्खला अन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा यसबर्ष फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङ लगायतका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुको सुचिमा नेपालकी सपना परेकी हुन् ।
बीबीसीले सन् २०१३ देखि प्रत्येक बर्ष यस्तो सूची प्रकाशित गर्दै आएको छ ।
किन छनौट भैं सपना ?
म्याग्दीकी सपनाले बेवा’रिसे श,वहरुको व्यवस्थापन गर्दै आएकी छिन् । अहिलेसम्म उनले करिब ३ सय बेवारिसे श,वको व्यवस्थापन गरिसकेकी छिन् । सडकमै अलपत्र अवस्थामा परेका श,व अस्पताल लगेर पोस्ट,मर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कार अनुसार अन्त्ये,ष्टि गराउने काममा सपना निरन्तर खट्दै आएकी छिन् ।
सपनाले बेवा,रिसे श,व व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर उनले काम गरिरहेकी छिन् । जसलाई उनी कर्मबुवा पनि मान्छिन् ।
‘विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ उनले बीबीसीसँग भनेकी छिन् । इकान्तिपुरमा यो खबर छ ।







प्रतिकृया दिनुहोस्