खोलामा डुबेर पर्सामा एक जनाको मृत्यु
पर्सा/भदौ-७
पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर ६० वर्षीय ब्रह्मदेव राउत अहिरको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका–१ निवासी राउत भैँसी चराउन गएका बेला खोलामा बेपत्ता भएका उनी स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्दा उनलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मी र प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले शव निकालेर मुचुल्का उठाई परीक्षणका लागि नारायणी अस्पताल पठाएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले बताएका छ्न।


लेखकको सम्वन्धमा