कुमाख गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न,वडा नम्बर २ प्रथम
सल्यान/जेठ ४
सल्यानको कुमाख गाउँपालिकामा सन्चालन भएको पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा जेठ १ गते देखि सुरु भएको पालिका स्तरीय खेलकुद प्रतियोगितामा वडा-२ ले उपाधि जित्न सफल भएको छ।
विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. २ ले ८ स्वर्ण, ३ रजत र २ कांस्य पदक हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
त्यस्तै ४ स्वर्ण, ५ रजत र कांस्य ७ हात पार्दै वडा न. ६ दोस्रो तथा ४ स्वर्ण, २ रजत र १ कांस्य पदक उपाधी हात पार्दै वडा न. ३ तेस्रो स्थान हासिल गर्न सफक भएका छन।
त्यसैगरी वडा नं. १ ले १ स्वर्ण, ५ रजत र ७ कांस्य, वडा नं. ४ ले २ स्वर्ण, ३ रजत र २ कांस्य, वडा नं. ५ ले ० स्वर्ण, १ रजत र २ कांस्य तथा वडा नं. ७ ले १ स्वर्ण, ३ रजत र ० कांस्य पदक प्राप्त गरेका छन।
उक्त प्रतियोगितामा कुल २० स्वर्ण, २२ रजत र २१ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो।
साथै भलिबलल र एथलेटिक्स गरि दुई विधाका खेलमा उत्कृष्ट खेलाडी खनोटको प्रक्रियामा पुरुष भलिबल समूह तर्फबाट सुरेन्द्र वली र महिला भलिबल समुहतर्फ बाट लक्ष्मी वि.क. उत्कृष्ट खेलाडी घोषित भएका छन।
त्यस्तै एथलेटिक्सतर्फ पुरुष समूह तर्फबाट चन्द्र बहादुर वि.क. तथा महिला समूह तर्फबा सिर्जना वि.क. उत्कृष्ट खेलाडी घोषित भएका छन्।
उक्त: बर्सेनि हुने यस्ता प्रतियोगिताले पालिकाभित्र लुकेका प्रतिभाको खोज,पहिचान गरि खेलकुद क्षेत्रको विकास संरक्षण रक्षा र खेलाडीहरु उत्पादनमा टेवा पुग्ने तथा आपसी भाइचारालाई थप मजबुत बनाएको पालिका अध्यक्ष मान बहादुर बुढाथोकी र उपाध्यक्ष लालबहादुर रावतले बताउनु भयो।












लेखकको सम्वन्धमा