नेपालकै उत्कृष्ट शिक्षाको ज्योती, ज्ञानज्योती मा.वि.
दाङ/ तुलसीपुर
बिहान सबेरै विद्यालय बस कुर्दै गरेका अभिभावकको एउटै चिन्ता सुनिन्छ “बच्चाको भविष्य राम्रो बनाउने विद्यालय कुन होला ?”
नेपालमा अहिले शिक्षा केवल किताब र परीक्षामा सीमित छैन राम्रो विद्यालय भन्नासाथ अब अभिभावकहरूले अनुशासन, व्यवहार, प्रविधि र भविष्यको सीप पनि खोज्न थालेका छन् ।
देशभर विद्यालयहरूबीच उत्कृष्ट बन्ने प्रतिस्पर्धा चुलिँदै गएको छ।
कतै स्मार्ट बोर्ड जडान भइरहेका छन्, कतै रोबोटिक्स र डिजिटल कक्षा सुरु भएका छन
निजि विद्यालय मात्र होइन, केही सामुदायिक विद्यालयले पनि नतिजा र व्यवस्थापन सुधारेर नयाँ उदाहरण प्रस्तुत गर्न थालेका छन् ।
शिक्षकहरूका अनुसार अहिले विद्यार्थीलाई घोकाउनेभन्दा बुझाउने शिक्षामा जोड दिन थालिएको छ । खेलकुद, वक्तृत्वकला, विज्ञान प्रदर्शनी र सामाजिक गतिविधिलाई समेत पढाइसँग जोड्ने प्रयास भइरहेको छ ।
तर चुनौती अझै बाँकी छन् । शहरका महँगा विद्यालयमा शुल्कको दबाब बढ्दो छ भने ग्रामीण क्षेत्रमा अझै शिक्षक र प्रविधिको अभाव देखिन्छ । शिक्षामा समान पहुँच अहिले पनि ठूलो बहसको विषय बनेको छ ।
यद्यपि बदलिँदो समयसँगै नेपालको शिक्षा प्रणाली पनि विस्तारै फेरिँदै गएको देखिन्छ । विद्यालयहरू अब केवल परीक्षा पास गराउने ठाउँ होइन, भविष्य तयार गर्ने थलो बन्ने दौडमा छन।
तिनै विद्यालय मध्यको एक उत्कृष्ट विद्यालय हो।
आफ्नो अलग पहिचान बनाइरहेको दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय अहिले केवल दाङको मात्रै होइन, देशकै उत्कृष्ट विद्यालयको सूचीमा उभिएको छ ।
एजुकेसन समाचार’ले सार्वजनिक गरेको २०८३ सालको देशभरका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा ज्ञानज्योति देशकै उत्कृष्ट ७ औँ स्थानमा पर्न सफल भएको छ । देशभरका ४ हजार ७ सय ४१ माध्यमिक विद्यालयमध्ये उत्कृष्ट सातभित्र पर्नु विद्यालयका लागि मात्रै होइन, समग्र दाङकै शिक्षा क्षेत्रका लागि गौरवको विषय बनेको छ ।
यो उपलब्धि अचानक आएको होइन । लगातारको शैक्षिक नतिजा, व्यवस्थित शिक्षण प्रणाली, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप र विद्यालयप्रतिको जनविश्वासले ज्ञानज्योतिलाई राष्ट्रिय स्तरसम्म पुर्याएको हो। अझ रोचक कुरा त के छ भने, विद्यालय अघिल्लो वर्ष पनि देशकै उत्कृष्ट ७ भित्र परेको थियो।
विद्यालयमा प्रवेश गर्दा नै फरक वातावरण महसुस हुन्छ । अनुशासित विद्यार्थी, व्यवस्थित कक्षा, प्रविधिमैत्री शिक्षण र सक्रिय शैक्षिक गतिविधिले विद्यालयलाई अन्यभन्दा अलग बनाएको छ । यहाँ केवल किताब घोकाइँदैन, विद्यार्थीको क्षमता चिनेर त्यसलाई प्रस्फुटन गराउने प्रयास गरिन्छ।
ज्ञानज्योती यो बर्ष झै अघिल्लो वर्ष पनि ज्ञान ज्योती मावि देशकै उत्कृष्ट ७ मा पर्न सफल भएको थियो छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटका आधार बनाइएको छ ।
जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४÷४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूची एजुकेसन समाचारले तयार पारिएको हो । जसमा ज्ञानज्योतिले ७ औं स्थान हासिल गर्न सफल भएको हो।
<span;>दाङको तुलसीपुर स्थित ज्ञानज्योति सेकेन्डरी स्कुल लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार सक्षम, कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीको भनाइ छ।
बिद्यार्थीहरुको क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सक्नु ठूलो कुरा हो, त्यसले नै सफलता र अब्बलता निर्धारण गर्छ त्यो गुण ज्ञानज्योतिको टिमसँग छ । साथैै गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुलक शिक्षामा जोड दिएको छ।
विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्रभाव छ । नगर, जिल्लाका साथै विभिन्न क्षेत्रस्तरीय खेलकुुद प्रतियोगितामा उत्कृट स्थान हासिल गरिरहेको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
दाङको तुलसीपुरबाट उठेको यो शैक्षिक यात्रा अहिले हजारौँ विद्यार्थी र अभिभावकका लागि भरोसाको केन्द्र बनेको छ।
लगातार उत्कृष्टताको सूचीमा स्थान बनाइरहनु केवल संयोग होइन, दीर्घकालीन मेहनत, अनुशासन र दूरदृष्टिको परिणाम हो ।
आज गुणस्तरीय शिक्षामाथि बहस भइरहदा, त्यस बहसभित्र ज्ञानज्योति एउटा उदाहरण बनेर उभिएको छ। जहाँ शिक्षा केवल परीक्षा पास गर्ने माध्यम मात्र नभई भविष्य निर्माण गर्ने अभियान भनेको छ।
विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो।
देशकै उत्कृष्ट १० औ हुदै अहिले उत्कृष्ट ७ औ स्थान हासिल गर्न सफल भएको छ ।
विद्यालय विभिन्न सामाजिक संघ संस्थाबाट पनि विभिन्न समयमा सम्मानित हुँदै आएको छ भने विभिन्न सामाजिक काम सेवा भावमा पनि उतिकै जिम्मेवारी ब्यक्त गर्दै आएको छ ।
उक्त विद्यालय कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ सञ्चालन गरिरहेको छ ।।












लेखकको सम्वन्धमा