पालिका अध्यक्ष र कार्यक्रम संयोजकको मिलेमतोको कर्मचारी छनोटको आरोप:अध्यक्ष द्वारा तालाबन्दी
बैशाख २६, सल्यान ।
जिम्मेवार ब्यक्तिहरुबाट नै सेटिङ का आधारमा आफू निकट कर्मचारी छनोट गरिएको भन्दै सल्यानको कुमाख गाउँपालिकामा सञ्चालनमा रहेको सुधार परियोजना कार्यक्रमको कार्यकक्षमा वडा अध्यक्षले तालाबन्दी गरेका छन्।
उनले मिलेमतोको आधारमा छनोट गरेको स्थानीय प्राथमिकता नदिइ अन्यत्रको ल्याएको र निष्पक्ष ढंगले छनोट नगरीएको जस्ता गम्भीर आरोप लगाउँदै कुमाख गाउँपालिका–६ का वडा अध्यक्ष कर्ण बहादुर बिकले तालाबन्दी गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा
सञ्चालित स्वास्थ्य अनुकूलन र उत्थानशीलताका लागि दिगो विकास परियोजना अन्तर्गत आवश्यक कर्मचारी छनोटका लागि प्रदेश कार्यालय सुर्खेतमा परीक्षा सञ्चालन गरिएको थियो।
उक्त परियोजना अन्तर्गत प्रत्येक वडाका लागि एक–एक जना सामुदायिक परिचालक नियुक्त गर्ने भनि विज्ञापन आह्वान गरिएको भएपनि वडा अध्यक्ष बिकले निष्पक्ष परीक्षा गरिने आश्वासन विपरीत मिलेमतोका आधारमा कर्मचारी छनोट गरिएको आरोप लगाएका छन।
उनका अनुसार सामाजिक परिचालक छनोट प्रक्रियामा वडा ६ लाई बेवास्ता गरिएको समेत बताउदै एउटै वडाका दुई तथा पालिका बाहिरका व्यक्तिलाई समेत नियुक्त गरिएको र
लिखित परीक्षा र अन्तर्वार्तामा उत्कृष्ट प्रदर्शन गरेका परीक्षार्थी तथा सम्बन्धित वडाका उम्मेदवारलाई उपेक्षा गर्दै गाउँपालिका अध्यक्ष र कार्यक्रम संयोजकको मिलेमतोमा आफू निकटका व्यक्तिहरूलाई छनोट गरिएको उनले दाबी गरेका छन्
वडा अध्यक्ष बिकले पटक–पटक आफ्नो वडालाइ हरेक अवसर बाट बन्चित गरेको भन्दै सो परिक्षामा सहभागी परीक्षार्थीहरूको उत्तरपुस्तिका पुनः परीक्षण गर्नुपर्ने, सामुदायिक परिचालक सम्बन्धित वडाकै व्यक्ति हुनुपर्ने अन्य वडाका व्यक्तिलाई स्वीकार गर्न नसकिने तथा सुर्खेतमा गरिएको परीक्षा खारेज गरी गाउँपालिकामै पुनः निष्पक्ष परीक्षा सञ्चालन गर्नुपर्ने सार्वजनिक माग राखेका छन।









लेखकको सम्वन्धमा