प्लास्टिक झोला प्रयोगमा रोक सँगै,प्लास्टिक मुक्त अभियानमा कुमाख गाउँपालिका

प्लास्टिक झोला प्रयोगमा रोक सँगै,प्लास्टिक मुक्त अभियानमा कुमाख गाउँपालिका

सल्यान चैत्र १६।

सल्यानको कुमाख गाउँपालिकाले ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री, वितरण र प्रयोगमा नियन्त्रण गरि रोक लगाउन लागि परेको छ।

वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै माटोलाई सुरक्षित राखी उत्पादनमा वृद्धि तथा दिगो विकासलाई टेवा पुग्ने उद्देश्यले पालिकाले यस्तो योजना अगाडी बढाएको हो।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७८ माघ १७ गतेको निर्णयबाट “प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८” स्वीकृत भई कार्यान्वयनमा आएको र चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको बुँदा नं. ११८ अनुसार २०८२ मंसिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा रोक लगाइएको थियो।

भने, सुशासन मार्गचित्र, २०८२ ले समेत प्रदूषण नियन्त्रण र वातावरणीय सुशासन कायम गर्न ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकमा पूर्ण प्रतिबन्धको व्यवस्था गरेको छ।

यसरी प्लास्टिक झोलाको अधिक प्रयोगले वातावरण प्रदूषण बढदै गएको हुनाले माटो, पानीको जैविक विविधतामा गम्भीर असर पारिरहेको हुदा यसले अझै निकट भबिस्यमा ठूलो संकट निम्त्याउने भएकोले यसलाइ नियन्त्रण गर्दै पुर्ण रुपमा रोक लगाउनु पर्ने अनिवार्य रहेको पालिकाले बताएको छ।

गाउँपालिकाका वन, वातावरण विपद्का शाखा प्रमुख जिवन शर्माका अनुसार सुशासन मार्गचित्र अनुसार वातावरण संरक्षण हाम्रो प्रमुख दायित्व भएकोले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग रोक्नु अहिलेको आवश्यकता भएको हुँदा र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो।

प्लास्टिक मुक्त अभियान, स्वच्छ कुमाख हाम्रो पहिचान” भन्ने नारासहित गाउँपालिकाले अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको हुँदा पालिकाले सबै उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्लास्टिक झोलाको प्रयोग नगरी कपडा, जुट वा कागजका झोलाजस्ता वैकल्पिक सामग्री प्रयोग गर्न समेत प्रकाशित सुचनमा अनुरोध गरेको छ।

यस्तो छ प्रकाशित सुचनाको नमुना :