सामाजिक संजालमा लेखेकै आधारमा सल्यानमा एमाले जिल्ला कमिटी सदस्य पक्राउ

सामाजिक संजालमा लेखेकै आधारमा सल्यानमा एमाले जिल्ला कमिटी सदस्य पक्राउ

सल्यान १५, चैत । नेकपा एमाले सल्यानका जिल्ला कमिटी सदस्य सुमन थापालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनापछि पार्टीका सम्पूर्ण पंक्ति आक्रोशित भएको  र सोही विषयमा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिदा जिल्ला कमिटी सदस्य सुमन थापालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

विज्ञप्तिमा उक्त घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारमाथि अंकुश लगाउने कार्य अस्वीकार्य रहेको र पक्राउ परेका सुमन थापाको निशर्त रिहाइको माग गर्दै सम्बन्धित निकायसँग यस्ता गतिविधि तुरुन्त रोक्न माग गरिएको छ।