एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सल्यानमा प्रदर्शन

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सल्यानमा प्रदर्शन

सल्यान १५, चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले सल्यानले सदरमुकाम खलंगामा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय मार्तफ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष ओलीको गैरन्यायिक र प्रतिशोधपूर्ण गिरफ्तारी विरुद्ध जिल्ला अध्यक्ष भिमबहादुर सेनको नेतृत्वमा भएको प्रदर्शन जिल्लाका अगुवा नेताकार्यकर्ताहरूको उपस्तिथि रहेको थियो ।

उनिहरूले “प्रतिशोधपूर्ण राजनीति बन्द गर, अध्यक्ष ओलीलाई बिना सर्त रिहाइ गर, कार्की आयोगको प्रतिबेदन खारेज गर, गृहमन्त्री राजिनामा दे” लगायतका नारा लगाएका थिए ।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाइ नब गठित बालेन सरकारले भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यन्वयन गर्न शनिबार बिहान पक्राउ गरेको थियो ।

नेकपा एमालेले भने उक्त प्रतिबेदन एक पक्षीय र पूर्वाग्रही भएको बताउदै राजनीतिक प्रतिशोध लिन अध्यक्ष ओलीलाइ पक्राउ गरिएकोले प्रतिरोध गर्ने बताएको छ।