मतदातासँग निरन्तर भेटघाटमा शाह

मतदातासँग निरन्तर भेटघाटमा शाह

सल्यान २५, माघ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष कमरेड गुलाबजंग शाहले चुनावी अभियान अन्तर्गत मतदातासँगको भेटघाटलाई निरन्तरता दिनुभएको छ।

यसैक्रममा आज आइतबार बिहानदेखि कुमाख गाउँपालिका वडा नं. ३ को राम्री, वडा नं. ७ को पाटगारे र जिमाली तथा वडा नं. ६ को बडागाउँ क्षेत्रमा मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उम्मेदवार शाहले स्थानीय बासिन्दा, किसान, युवा, महिला तथा विभिन्न वर्ग र समुदायका व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे छलफल गर्नुभएको थियो। स्थानीय विकास, कृषि, रोजगारी, पूर्वाधार तथा जनजीविकाका विषयमा मतदाताहरूले आफ्ना धारणा राखेका थिए।

सल्यानका मतदाताहरूले कमरेड गुलाबजंग शाहलाई विकासप्रेमी नेता तथा विश्वासिलो प्रतिनिधिका रूपमा हेरेको प्रतिक्रिया दिएका छन्। निरन्तरको भेटघाट र संवादले आम सल्यानी दाजुभाइ, दिदीबहिनी तथा अभिभावकहरूमा थप उत्साह र भरोसा बढेको बताइएको छ।

भेटघाटका क्रममा एमालेको पक्षमा मतदान गरी समृद्ध, शान्त र एकताबद्ध सल्यान निर्माणमा योगदान दिन उम्मेदवार शाहले आग्रह गर्नुभएको छ।

कुमाख क्षेत्रमा आयोजित जनभेटघाट कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य लालबहादुर रावत, जिल्ला कमिटी सचिवालय सदस्य दिनेश रावत, जिल्ला कमिटी सदस्य कृष्ण बुढाथोकी, पालिका कमिटी अध्यक्ष रेमन्त शर्मा, उपाध्यक्ष शेरबहादुर चन्द तथा विभिन्न वडा कमिटीका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।