सल्यानको कुमाखमा विद्युत सट भइ आगलागी हुँदा एक घर जलेर पुर्ण रूपमा नष्ट

सल्यानको कुमाखमा विद्युत सट भइ आगलागी हुँदा एक घर जलेर पुर्ण रूपमा नष्ट

सल्यान चैत्र १२ ।

सल्यानमा विद्युत कन्ट्रोल बक्स सट भइ आगलागी हुँदा घर जलेर पुर्ण रूपमा नष्ट भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका- ५ झारकाँडा निवासी ३६ वर्षीय विष्णु कुमाईको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आगलागीबाट ७० हजार बढि नगद पैसा, २ तोला सुन, अन्नपात, लत्ताकपडा भाडाकुडा, लगाए महत्वपूर्ण कागजात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

मंगलबार बिहान करिब ३ बजेतिर बिद्युत सट भइ लागेको आगोबाट मानविय क्षति भनेको भएको छैन।
आगलागी भइ घर जल्दा ७ लाख ४५ बराबरको क्षति भएको हुन सक्ने प्रहरीले बताएको छ।

प्रहरी, स्थानीयको सहयोगमा घरमा लागेको आगो भने नियन्त्रणमा आइसकेको छ ।