दाङमा ट्याक्टरले ठक्कर दिदा सल्यानकि एक बालिकाको मृत्यु
दाङ चैत्र २ ।
दाङको तुलसीपुरमा बाटो क्रस गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ ।
सल्यान जिल्ला छत्रेश्वरी-२ घर भई हाल तुलसीपुर-९ मा बस्ने ९ बर्षिय दिपशिखा वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उनका अनुसार तुलसीपुर-९ गौरीशंकर टोलबाट अटो भिलेज टोल तर्फ जाँदै गरेको रा १ त ३२३९ नं को खाली ट्याक्टले पैदल यात्रीलाई ठक्कर दिएको थियोे ।
मृतक वलिको टाउको र मुखमा चोट लागी घटनास्थलमै मृत्यु भएको भएको हो ।
मृतक बालिका अन्टि संगिता खड्कासंग कोठामा बस्दै आएकि थिईन ।
ठक्कर दिने ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको र ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


















लेखकको सम्वन्धमा