छोराको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

छोराको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

दाङ फागुन २५

सल्यानका एक युवाले आफ्नो छोराको जन्म दिनको अवसरमा दाङ तुलसीपुर स्थित मानव सेवा आश्रमलाइ १० हजार नगद सहयोग गरेका छन।

छोरा ब्रुसलि बुढाथोकीको जन्म दिनको बिशेष अवसरमा उनले नगद सहित खाना दही फलफूल लगाएतका खानेकुरा आफ्नै हातले बाडेर सहयोग गरेका हुन ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका निवासी बुबा चवान सिह बुढाथोकी र आम सीता बुढाथोकीका छोरा अहिले ५ बर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको अवसरमा बुबा चवान सिहले जन्म दिन भनेर होटेल रेस्टुरेन्ट र घरमा भड्किलो ढंगले धेरै खर्च गर्नु भन्दा यस्तो विशेष अवसरमा दुखी गरिब र असाहयलाइ सहयोग गर्नु धर्म भएकोले आफुले यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
यस्तै उहाँले यस्ता गरीब दुखी बेसहारालाई सहयोग गर्नु सेवा भएकोले यो नै मान्छेको धर्म हो यसका लागि कुनै मठ मन्दीर धाउनु पर्ने र भगवान पुज्न नपर्ने बताउदै यो नै मानवको धर्म रहेकोले आगामी दिनमा पनि यस्ता सकारात्मक कार्य र अवसरमा आफु लागि परिरहने बताए।

जन्मदिन तथा सहयोग कार्यक्रममा आफन्त जन इष्टमित्र लगाएत दर्जनौंको उपस्थिति रहेको थियो।
दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रम भित्र अहिले बृद्धबृद्वा र बालबालिका गरि ५१ जना रहेका छन ।