कुमाख गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्वघाटन

कुमाख गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्वघाटन

सल्यान फागुन,७

सल्यानको कुमाख गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्वघाटन गरिएको छ ।
खेलकुद प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले खेलकुद प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने बताउदै पालिकाले खेलाडी उत्पादन र उनीहरूको जीवनस्तर उकास्न विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

यस्तै गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले कार्यक्रममा सहभागी खेलाडीहरुलाइ शुभकामना दिदै गाउँपालिका अनुशासन र कर्तव्यनिष्ठ खेलाडी र नागरिक बनाउनका लागि खेलक्षेत्रको बिकासका निरन्तर लागि परिरहेको बताउनु भएको थियो

कार्यक्रममा गाउपालिका उपाध्यक्ष लाल बहादुर रावत पुर्व अध्यक्ष दिलमाया बुढामगर गिरी र उपाध्यक्ष डिल्लीराज जैसी लगायत सहाभागी अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।  भने सहभागी अतिथिले शुभकामना मन्तव्य दिदै सरकारले गर्ने हरेक कार्यक्रमहरूमा सबैको उत्साहजनक सहभागिता हुनुपर्ने बताउदै सरकारले जनतामा उत्साह जनाउन सकेमा मात्रै सरकार सफल हुने बताएका हुन ।
अध्यक्ष कप प्रतियोगितामा अन्तरवडा स्तरिय भलिवल, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो तथा दौडका खेलहरू हुनेछन । खुला व्यडमिन्टन प्रतियोगिताको खेल समेत समेटिएको कपमा सबै इभन्टमा प्रथम र द्वितीय हुने वडालाई क्रमशः ३० हजार र २० हजारले पुरस्कृत गरिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख दिपक चन्दले गरेका थिए ।