केहि नेताले सम्पती थुपार्ने र पैसा लुकाउन देखेपछि हामी अलग भयौं : विप्लव
फागुन २ सल्यान ।
नेकपाका महासचिव नेत्र विक्रम चन्द, विप्लव सी, ले माओवादी भित्रका केही नेताहरु शान्ति प्रक्रियापछि सम्पति थुपार्ने र पैसा लुकाउने ठाउँमा पुगेर बिग्रिएको आफ्नै आँखाले देखेपछि उनीहरु नसचिदा आफूहरु नमिलेर अलग भएको बताएका छन ।
जनयुद्धको सपना विपरित माओवादी बिग्रिनु नेपाली जनताका लागि धोका भएकोले आफुहरु सदिद बेपत्ता घाइते र समग्र नेपाली श्रमजीवी जनताको सपना पूरा गर्ने उदेश्य सहित एकीकृत जनक्रान्ती मार्फत समाजवादी क्रान्तिमा अगाडी बढिरहेको र छिटै नेपाली जनतालाई आफ्नो पार्टीले समाजवादको निकास दिने बताउनु भएको हो।
उनले जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले जनयुद्धको विरोध गरेको बताए । अहिले केही माओवादीकै नेताहरुले जनयुद्धलाई हिंसा भन्ने गरेको बताउदै इतिहासप्रति इमान्दार नहुने नेता ठग र बेइमान भएको बताए। उनले जनयुद्धको समयमा आधार क्षेत्र राप्तीमा २३ वटा स्कुल, ५ वटा हस्पिटल,१९ वटा सहकारी, १ वटा बैङक, कम्युनहरु राम्रोसंग चलेको स्मरण गर्दै ती कोही पनि असफल नभएको दाबी गरे । उनले जनयुद्धको बेला जनसत्ताले रजिष्ट्रेसन पास गरेका घर जग्गाहरु गणतन्त्र नामको व्यवस्थामा उल्ट्याइएकोमा विरोध गरे ।
यस्तै उनले चुनावमा भोटको व्यापार गर्ने र जनतालाई झुट्टा आश्वासन दिने नेता र पार्टीहरुप्रति जनताले विश्वास गर्ने अवस्था नभएको बताउदै जनताले नयाँ तरिकाले सोच्ने बेला आएकोले आफूहरु पनि आगामी ८४ को निर्वाचनमा होमिने भएकोले नेपाली जनताले एकपटक पक्कै नयाँ विकल्प खोज्ने र आफुहरुलाइ साथ दिनेमा विश्वस्त रहेको दाबी गरेका थिए ।
३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनले सल्यानको बागचौरमा आयोजना गरेको बिपिन भण्डारी मेमोरियल पार्कको उद्घाटन तथा बेपत्ता योद्धा बिपिन भण्डारीको सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्न विप्लव सी सल्यान आउनु भएको थियो।


















लेखकको सम्वन्धमा