कुमाख वडा न:१ द्वारा जेष्ठ नागरिक,एकल पुरुष तथा अपांग व्यक्तिहरुलाई न्यानो कपडा वितरण

कुमाख वडा न:१ द्वारा जेष्ठ नागरिक,एकल पुरुष तथा अपांग व्यक्तिहरुलाई न्यानो कपडा वितरण

सल्यान पौष १६

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ ले जेष्ठ नागरिक ,एकल पुरुष तथा ग र घ वर्गका अपांग व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

चिसो मौसमको समयमा झन दिनप्रतिदिन चिसो बढदै गएपछि पालिकाको एक नम्बर वडाले ४२ जना जेष्ठ नागरिक, अपाङ्ग तथा एकल पुरुषलाई ज्याकेट, जुत्ता ,मोजा,टोपी र सुरुवाल सहित न्यानो कपडा वितरण गरि सम्मान गरेको हो ।

आर्थिक बर्ष ०८१ को वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान कार्यक्रम शिर्षकको रु ५०,०००/ एकल पुरुष सम्मान तथा राहत कार्यक्रम शिर्षकको रु ५०,०००/ र ग र घ वर्गको अपांगहरुलाई राहत सामग्री बितरण शिर्षकको रु ५०,०००/ गरि जम्मा एक लाख पचास हजार बराबरको राहत साम्रगी वितरण गरेको वडाले बताएको छ।

उक्त राहत सामग्री , न्यानो कपडा बितरणमा जेष्ठ नागरिकको हकमा घर घरमा गएर तथा अपांग र एकल को हकमा वडा कार्यालय , टाट्के र वडाको थापाचौर टोलबाट उक्त सामाग्री उपलब्ध गराएको वडा अध्यक्ष डिल्ली बहादुर रानाले जानकारी दिनु भयो ।