सल्यानमा लागुऔषध खैरो हिरोइन सहित दुईजना पक्राउ
सल्यान श्रावण २४।
सल्यानमा लागु औषध (खैरो हिरोइन) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको शारदा नगरपालिका ८ सिमखर्क बाट दुई जनालाई खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका -२ का ३० वर्षीय विनय बुढाथोकी र सोही ठाउँका सुरज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
सुरज विश्वकर्माले लगाएको ज्याकेटमा मेघाश्रीको खोलभित्र लुकाई छिपाइ राखेको अवस्थामा खानतलासी गर्ने क्रममा १५० मि.ग्रा खैरो हिरोइन फेला परेको प्रहरी निरीक्षक खत्रीले बताउनु भयो ।
लागु औषधको ओसार पसार बिक्री वितरण तथा सेवन गरि रहेको गोप्य सूचनाका आधारमा खानतलास गर्ने क्रममा लागु औषध फेला परेको प्रहरीको भनाई छ ।








लेखकको सम्वन्धमा