नेकपा एमाले सल्यानमा संस्थापन पक्षको जित
चैत २२ सल्यान ।
नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनमा पदाधिकारीकाे सम्पुर्ण टिममा संंस्थापन समुह विजयी भएको छ । भखरै सकिएकाे मत परिमाण अनुसार अध्यक्षमा भिम बहादुर सेन १८२ मत ल्याएर विजयी बनेका छन भने उनका प्रतिद्वन्दी संस्थापनइतर समुहका कुल बहादुर गिरीले १३९ मत ल्याएर पराजित भएका छन् ।
त्यसै गरि उपाध्यक्षमा ओज बहादुर बुढाथाेकीले १९३ मत सहित निर्वाचित बनेका छन् भने उनका प्रतिद्वन्दी दान बहादुर केसीले १२७ मत ल्याएर पराजित हुन पुगेका छन ।
सचिवमा पुष्पा कुमारी बाेहाेराले १७३ मत ल्याएर विजयी बनेकी छन् भने प्रतिद्वन्दी दिपेन्द्र प्रकाश डिसीले १४३ मत ल्याएर पराजित भएका छन् ।
खुल्ला उपसचिवमा गणेशमान सिंह १८० मत र महिला उपसचिवमा सहनशीलता डिसी ले १८० मत ल्याएर विजयी भएकि छन् भने उपसचिवका उम्मेदवार गञ्जमान बुढाले ११३ मत र स्वतन्त्र महेश देवकाेटाले १४ र बुद्धा कुमारी खत्रीले १४१ मत ल्याएर पराजित हुन पुगेका छन् ।








लेखकको सम्वन्धमा