June 20, 2026, Saturday
२०८३ असार ६, शनिबार
विसिद्वारा जन्मदिनको अवसर पारेर विद्यार्थीलाई स्टेसनरी वितरण

विसिद्वारा जन्मदिनको अवसर पारेर विद्यार्थीलाई स्टेसनरी वितरण

दुर्गा विसि – सल्यान ।

सल्यानमा एक जनाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई स्टेसनरी सामाग्री वितरण गरेका छन ।

शुक्रवार सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको प्रभाकर मावि देवस्थलकाे अतिरिक्त शुक्रबारिय कार्यक्रमलाई लक्ष्यित गरि उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो ।

उक्त विद्यालयका पुर्व शिक्षक, वडा नं ६ का वडा अध्यक्ष तथा बनगाड क्याम्पस सञ्चालन समिति उपाध्यक्ष साथै नेकपा एकीकृत समाजवादीका बनगाड कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज समेत रहेका गणेश विसिले अन्य फजुल खर्च कटौती गर्दै विद्यालयमा आयोजित हाजिर जवाफ प्रतियोगि विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको विद्यालयका सह्याक प्रधानाध्यापक पुष्कर विसिले जानकारी दिनु भएको छ ।

अन्य फजुल खर्च कटौती गर्दै यहि काम उपयुुक्त ठानेर विद्यालयकाे शुक्रबारिय अतिरिक्त कृयाकलाप लक्ष्यित कार्यक्रममा सरिक हुदै जन्मदिनकाे अवसरमा स्टेसनरी उपलब्ध वनाउदै पुरस्कार वितरण गरिएको विसिकाे भनाइ रहेकाे छ ।