September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
सल्यानमा प्रथम युवा सम्मेलन जेठ ५ र ६ गते हुने

सल्यानमा प्रथम युवा सम्मेलन जेठ ५ र ६ गते हुने

जेठ २, सल्यान ।

प्रथम युवा सम्मेलन सल्यान शारदा नगरपालिका १ श्रीनगरमा जेठ ५ र ६ गते हुने भएको छ ।

परिणाम नेपालको आयोजना र राष्ट्रिय युवा परिषद तथा सल्यान दृष्टिकोणको सहकार्यमा प्रथम युवा सम्मेलन हुन लागिएको हो ।

जिल्लाको सदरमुकाम खलंगामा मंगलबार भएको पत्रकार सम्मेलनमा समृद्ध सल्यान निर्माणका अभियान्ता धुर्वराज वलिले जिल्लाका दस वटै पालिकाबाट कम्तीमा पनि दस दस जना युवायुवती लाई सम्मेलनमा सहभागीत गर्न लागिएको जानकारी दिएका छन ।

त्यस्तै परिणाम नेपालको संयोजक युवराज खड्काले राष्ट्रिय युवा नीति २०७२ अनुसारको उमेर समुहका युवाहरूको नेतृत्व र क्षमता बिकासका लागि यो सम्मेलन गर्न लागिएको जानकारी दिएका छन ।

त्यस्तै जिल्लाका दस वटै स्थानीय तहका युवा युवतीहरुको सवाल स्थानिय सरकारका प्रतिनिधिसंग जोड्ने सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन मगरको भनाइ रहेको छ ।

साथै सम्मेलनमा आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन, युबा तथा राजनितीज्ञ सागर ढकाल, पुरुषोत्तम गिरि, प्रकाश सिग्देल प्रकाश शर्माले शैक्षिक बहसको प्रशिक्षकका रुपमा लिइने भएको छ ।