सल्यानमा सर्पको डसाइबाट एक बालकको मृत्यु
साउन १२, सल्यान। सल्यानमा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ।

जिल्लाको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ भंगेरि घर भई हाल शारदा नगरपालिका वडा नम्बर ६ बरला बस्दै आएका १३ बर्षीय बालक अर्जुन बस्नेतको सर्पको डसाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
![]()
बस्नेतलाइ हिजो राती १० बजे सर्पले डसेको थियो। आफ्नै घरको तल्लो तलामा आमा, बुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले डसेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजे तिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षिराम बिकले बताएका छ्न।











प्रतिकृया दिनुहोस्