August 27, 2026, Thursday
२०८३ भाद्र ११, बिहीबार
वन मन्त्रालय द्वारा प्लास्टिकका फूल बिक्री वितरणमा रोक

वन मन्त्रालय द्वारा प्लास्टिकका फूल बिक्री वितरणमा रोक

साउन १०, काठमाडौं। वन मन्त्रालयले प्लाटिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।

सोमबार वनमन्त्री प्रदीप यादवले मन्त्री स्तरीय निर्णय गर्दै प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएका हुन् ।

मन्त्री यादवले भने, ‘प्लाष्टिकजन्य फूलका कारण वातावरणमा धेरै असर पर्यो। फोहोर व्यवस्थापनमा पनि समस्या भयो। प्राकृतिक फूल उत्पादन तथा बिक्री वितरणमा पनि कमी आएपछि यो निर्णय गर्नुपरेको हो ।’

मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर कानुन मन्त्रालयमा पठाएको बताए । उनले भने, ‘मन्त्रीस्तरीय निर्णय भएको हो। निर्णय कानुन मन्त्रालयमा पठाएको छ । राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ ।’