May 26, 2026, Tuesday
२०८३ जेष्ठ १३, बुधबार
मतदाता नामावली दर्ता अब घरबाटै गर्न सकिने

मतदाता नामावली दर्ता अब घरबाटै गर्न सकिने

असार ११, काठमाडौं।

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ। अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ।

निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ।

आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ। पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए।

हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम ९बीभीआरएस० मार्फत नामावली दर्ता भइरहेको छ।

उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ।

उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए ।

मोबाइलबाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ।

  • यो खबर आजको गोरखापत्र दैनिकमा छ।