September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
सुर्तै सुर्ता छ अचेल

सुर्तै सुर्ता छ अचेल

सुर्ता

कठै,
देश डुबाउछ भन्नेहरुको एक लहर,
देश उठाउछ भन्नहरुको अर्को चहर
देश चलाउनेहरुको आफ्नै नजर
कस्तो अच्चम्म , कुन चाहिँ सत्य ?
दमकल बिनको आक्रान्त शहर।

मुसो विरालोको खेल खेले झै
अर्थविहिन जुहाडी खेलाउदै
मरुभूमिमा पानी खसाले झै
रगत,पसिना र बलिन्द्र आँसुको नहर
अन्योलको भवसागरमा डुबाएर
मोक्ष्य,बिलास र मुक्ति कस्ले पाउने?
खोइ कुन्नी के हुदैछ?
रावण राज्यको यो शहर।

राज्यलाइ बुझेर , बालेर नजरमा
झुमिन्छ्न भमरा झै
उभिन्छ्न लहरै लहरमा
नपाए यौवन रस
कुर्लन्छ्न स्वामीको दृश्यमा
बुझेर दानव किल्ला
बन्छ्न उडुस,चुस्छन सकुन्जेल
खै के हुन्छ कुन्नी?
करोडौं नेपालीहरुको रहर ।

न्याय र पहुँचको खोजमा
छिन्न भिन्न मोडमा
अपसोचको तान संगै
राष्ट्रियता जोगाउने भानमा
व्यग्र स्खलीत सपनाहरुले केवल
नाटकिय रंगमञ्चमा उभिन कहर
खै के हुन्छ कुन्नी?

सुर्तै सुर्ता छ अचेल ।

भुपेन्द्र कुमार ओली
बानपा ५ सल्यान
१७ माघ २०७६

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज