एमसीसी सम्झौता बिरुद्ध सल्यानमा पन्ध्र सय बढी हस्तान्क्षर संकलन
सुचना प्रबिधि विधेएक तथा एम सी सी सम्झौता बिरुद्घ सल्यानमा पन्ध्र सय बढि नागरिकले हस्तान्क्षर गरेका छन ।
नेपालका लागी नेपाली अभियानले शुक्रबार श्रीनगरमा आयोजना गरेको सुचना प्रबिधि विधेएक तथा एम सी सी बिरुद्घको हस्तान्क्षर अभियान कार्यक्रममा पन्ध्र सय बढि हस्तान्क्षर संकलन भएको अभियान्ता हेमराज वलीले बताउनु भएको छ ।
उहाँका अनुसार “एम सी सी देशको हितमा नभएको र सुचना प्रबिधि विधेयकमा राखिएका केहि प्रावधानले अभिव्यक्ती स्वत्रन्त्रता माथी अंकुश लगाउने भएकोले सरकारलाई दवाव दिन हस्तान्क्षर संकलन अभियान संचालन गरिएको हो । ”
यो अभियान भोली ( शनिवार ) सम्म देशभर संचालन हुने र देशभर बाट संकलन भएका हस्तान्क्षरहरू दवाव स्वरुप परराष्ट्र मन्त्रालयमा बुझाउने उहाले बताउनु भएको छ ।
#एम सी सी #नेपालका लागी नेपाली अभियान #सुचना प्रबिधि विधेयक
प्रतिकृया दिनुहोस्