March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
भद्रकाली साना किसान कृषि सहकारी संस्था लि. को  प्रारम्भीक साधारण सभा सम्पन्न

भद्रकाली साना किसान कृषि सहकारी संस्था लि. को प्रारम्भीक साधारण सभा सम्पन्न

नयाँ दृष्टि डटकम 

सल्यान,३ फागुन।
शारदा नगरपालिका वडा नं. ३, ४ र ५ कार्यक्षेत्र रहेको भद्रकाली साना किसान कृषि सहकारी संस्थाको प्रारम्भिक साधारण सभा फागुन ३ गते शनिबार साहुटोलमा सम्पन्न भएको छ ।

शारदा नगरपालिका नगर उप प्रमुख सावित्रा बस्नेतले व्यानर पढेर प्रारम्भिक साधारण सभा उद्घाटन गर्नुभएको थियो ।
शारदा नगरपालिका नगर उप प्रमुखको आतिथ्यतामा सम्पन्न प्रारम्भिक साधारण सभाले नयाँ कार्यकालका लागि मन्जु पुन मगरको अध्यक्षतामा मेघा कुमारी रेउले उपाध्यक्ष रहने गरी ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । ज्ञान ब. थापा संयोजक रहने गरि ३ जनाको लेखा समिति पनि गठन गरेको छ ।

कार्यक्रममा शारदा नगरपालिका उप प्रमुख सावित्रा बस्नेत,वडा नं. ३ का अध्यक्ष टोप ब.थापा, वडा नं. ५ का सदस्य फत्ते जङ घर्ति, पत्रकार मेघा रेउले,भद्रकाली साना किसान कृषि सहकारी संस्थाकी सल्लाकार सनिता शर्मा, साना किसान कृषि सहकारी संस्था लि कर्णाली प्रदेश संयोजक शेर ब. परियार,विपि विचार राष्ट्रिय समाज सल्यानका सह सचिव अनिल भण्डारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

२ लाख १८ हजार रुपैयाँ कूल पुँजी रहेकोे भद्रकाली साना किसान कृषि सहकारीमा ९ वटा अन्तरसमूह, ३१ वटा समूह र १७० जना सेयर सदस्यहरु रहेका छन् ।कार्यक्रमको सहजिकरण भद्रकाली साना किसान कृषि सहकारी संस्था लि सल्यानका सहजकर्ता भिम प्रकास छतकौलीले  गर्नु भएको थियो ।