January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
आचार, विचारको मानचित्र भित्र झाङ्गियो व’लात्कार

आचार, विचारको मानचित्र भित्र झाङ्गियो व’लात्कार

बिरबहादुर सेजवाल

कुनै पनि अप’राधलाई समाज उत्पादित घट्ना मानिन्छ । अपरा’धविहिन समाजको परिकल्पना गर्न सकिदैन तर राज्यका अवयवमार्फत् अप’राधलाई न्यूनीकरण गर्न सकिन्छ । विभिन्न प्रकारका अपराधमध्ये मूलतः खुन डाँ’का, कर्तब्य ज्या’न , चो’री, ला’गू औषध सेवन तथा विक्रि वितरण, ब्यक्ति अपह’रण , मानव वे’चवि’खन तथा ओसारपसार , वला’त्कार , जवरज’स्तीकरणी, विष्फो’टक पदार्थ वेचविखन तथा ओसारपसार प्रमुख अपराध मानिन्छन् । यी अपराधमध्ये हाल यस लेखमा वला’त्कार सम्वन्धी चर्चा गरिन्छ ।

वला’त्कार कानूनी दृष्किाणले एक ज’घन्य अप’राध मानिन्छ र हाल जानकारीमा आए अनुसार नेपालमा दैनिक ३–४ वटा वला’त्कारका घट्ना घट्ने गर्दछन् भने दुई दशक यता ६ सयदेखि ९ सय प्रतिशतका दरले वला’त्कारका घट्नामा वृद्घि भएको आँकडा छ । खास गरेर नेपालमा ब’लात्कृत हुनेमा बालिका , वृद्घा र प्रतिकार गर्न नसक्ने किशोरी तथा महिलाहरु रहेका छन् ।

नेपालमा शैशव अवस्थाका बालिकादेखि ७० वर्षे वृद्घासम्म व’लात्का’रको शिकार भएको आँकडा पाइएको छ तापनि मुख्य रुपमा वढी वला’त्का’रको शिकार हुनेहरुमा ११ देखि १६ वर्षका किशोरीहरु रहेको पाइन्छ । समाजमा विविध कारणले जानकारीमा नआएका व’लात्का’रका घट्नाको त हिसावकिताव नै छैन । मूलतः समाजमा पुरुषद्वारा महिला वला’त्का’र हुनुलाई सामान्य घट्नाको रुपमा लिने संस्कारले गर्दा नै आज यो घट्ना भयावह रुपमा झाङ्गिएको पाइन्छ र अर्कोतर्फ राज्यका जिम्मेवार निकायहरु नै यसतर्फ उदासिन हुनु अर्को अभिसाप मानिन्छ ।

वला’त्कार’का घट्र्ना किन हुन्छन् त ?
नेपालमा वला’त्का’रका घट्ना घट्नुमा थुप्रै कारणहरु रहेका छन् तर पनि मूल रुपमा निम्न लिखित कारणहरु वलात्कारका घट्नाका प्रमुख कारणहरु रहेको पाइन्छ।

वला’त्का’रीको मानसिक स्तर कमजोर हुनु ।

ला’गू पदार्थ तथा मादक पदार्थको सेव’न गर्नु । ( ८० प्रतिशतभन्दा वढि व’लात्का’रका घट्नाहरु न’शा सेवनका कारणले घट्ने गरेको तथ्य सार्वजनिक भएको छ । )

व’लात्का’री संस्कृति मौलाउनु ।

प्रतिशो’धको भावनाले ओतप्रोत हुनु ।

यौ’न शिक्षाको अभाव हुनु ।

चरम गरीवी हुनु ।

उत्कट यौ’नतृष्णा हुनु ।

नैतिकता नहुनु ।

चेतनाको अभाव हुनु ।

उच्च सतर्कता नहुनु ।

वेरोजगारी समस्या रहनु ।

बैदेशिक रोजगार ।

ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड बन्नु, बनाउनु ।

कतिपय महिलाको अ’श्लिल भेषभूषा तथा पहिरन ।

राज्य , समाज भ्र’ष्टिकरणतर्फ उन्मुख हुनु ।

ब्यक्तिमा आउने उदासिनता ।

अ’श्लिल र छा’डा भिडियोको प्रयोग गर्नु ।

व’ला’त्कारका घट्ना किन लुकाइन्छ त ?

समाजमा घटेका व’लात्का’रका सवै घट्नाहरु कानूनी दायरामा ल्याइदैन वा सार्वजनिक गरिदैन । यसका पछाडि अनेक कारणहरु रहेका छन् र केही प्रमुख कारणहरु निम्नानुसार रहेका छन् ।

व’लात्कृ’त महिलाको ईज्जत जाने डर ।

घरपरिवारको ईज्जत जाने डर ।

झण्झटिलो कानूनी प्रकृया ।

पँैसाको वल ।

राजनैतिक आड ।

चेतनाको अभाव ।

जे हुनु भै त गयो भन्ने प्रवृत्ति ।

व’लात्का’रका घट्ना न्यूनीकरण गर्ने उपाय के के हुन सक्छन् त ?

नेपाली समाजमा दिनहुँ घट्ने व’लात्का’रका घट्नाहरुलाई न्यूनीकरण गर्ने उपायहरुको बारेमा थुप्रै विचारहरु प्रस्तुत गरिएका छन् जसमध्ये केही प्रमुख उपाय तथा विचारहरु निम्नानुसार रहेका छन् ।

घर तथा विद्यालयहरुमा यौ’न खुला रुपमा दिनुपर्ने ।

संभव हुने हरेक महिलालाई वला’त्का’रीबाट वच्नबारे चेतना दिने

साना बालिकालाई हरहालतमा एक्लै नछाड्ने ।

कानूनी दायरा तथा उपचार चुस्तदुरुस्त वनाउने ।

सबै प्रकारका ला’गू तथा मा’दक पदार्थ नियन्त्रण गर्ने ।

स्थानीय तहको वडा तहसम्ममा हेल्प डेस्क खडा गर्ने ।

स्थानीय युवाहरुलाई व’लात्का’रका घट्ना न्यूनीकरण सम्वन्धी तालिम दिने ।

विद्यालय तहका सवै विषयका पाठ्यक्रममा वला’त्का’रका घट्ना न्यूनीकरण सम्वन्धी विषयवस्तु राखी पठनपाठन गराउनुपर्ने ।

वला’त्का’रीलाई दण्डको सुनिश्चितता गरिनुपर्ने ।

वला’त्का’रीलाई परामर्श शिक्षा प्रदान गर्नुपर्ने ।

स्थानीय तहमा आमा समूह , किसान समूह , युवा ल्कव , वन समूह , गैह्र सरकारी संस्थाहरु लगायतलाई यसबारे अभिमुखीकरण गर्ने ब्यवस्था मिलाउने ।

वला’त्का’रका घट्ना घट्न सक्ने संभावित स्थानमा आधुनिक प्रविधिको प्रयोग गरी सि.सि. क्यामेरामार्फत् उच्च निगरानी गराउने र सुराकी, प्रहरी गस्तीलाई घनिभूत गराउने ।

रेडला’इट एरिया कायम गरेर वैधानिकता प्रदान गर्नुपर्ने ।

वला’त्का’रीको आक्रमणबाट वच्ने आत्म रक्षाका उपायहरुवारे किशोरीहरुलाई तालिम प्रदान गर्ने ।

व’लात्का’रका घट्ना न्यूनीकरण सम्वन्धी अभियानको थालनी गर्ने ।

निष्कर्ष :
व’लात्का’रका घट्ना घटाउने ब्यक्तिलाई मात्र कार्वाही गरेर व’लात्का’रका घट्ना न्यूनीकरण तथा हत्या प्रकरण नरोकिने भएकोले अबको उपाय भनेको व’ला’त्कार हुने संभावित कारणहरुको निगरानी, निराकरण , निवारण र नियन्त्रण गर्नका लागि उच्च प्रविधिको प्रयोग गर्दै तत्कालीन , अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेर नेपाल सरकार तथा जिम्मेवार निकायद्वारा सञ्जाल वनाई नेपालमा दिनहूँ घट्ने वला’त्का’र तथा व’लात्का’रपछि गरिने ह’त्या जस्ता जघन्य अपराधलाई न्यूनीकरण तथा निर्मूल गर्न पहल गरिनुपर्छ र आम नागरिकहरुले नेपाल सरकारको यस्तो कदमलाई अशल नागरिकको हैसियतले नैतिक कर्तब्य र जिम्मेवारीको रुपमा अवलम्वन गरेर अन्तस्करणदेखि नै आवश्यक सहयोग गर्नुपर्छ नत्र भने ख्याती श्रेष्ठ , कविता विष्ट , निर्मला पन्त , विमला परियारको हविगतमा हाम्रा नेपाली बालिकाहरु , किशोरीहरु र महिला दिदि वहिनीहरुलाई पुर्याउने, अनि पछुताउने र मुकदर्शक हुने वाहेक अरु केहि हुने वाला छैन ।

विडम्वना नै भन्नुपर्छ कि नेपाली समाजमा ब्याप्त आचार , विचारको मानचित्र कोरिएता पनि झाङ्गिएको छ – व’ला’त्कार । तर पनि हामी सबैलाई थाह छ कि “Where there is problem , there is solution” र ” Where there is will , there is way” भन्ने भनाई रहेको छ र यसैलाई मध्यनजर राखी वला’त्का’र तथा वला’त्का’रपछि गरिने ह’त्या जस्ता जघ’न्य अप’राधलाई न्यूनीकरण तथा निर्मूल गर्न तर्फ अभिप्रेरित भई अभियान थाल्नुपर्छ ।

(यस लेखसँग सम्वन्धित ब्यक्ति नेपाल शिक्षक यूनियन , सल्यानका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड यूनियन काँगे्रस, सल्यानका वर्तमान अध्यक्ष पदमा पदासिन ब्यक्ति हुनुहुन्छ ।)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज