किन मागे प्रेम सुवालले संचार मन्त्रीको राजिनामा ?
भुपिन
२१ माघ सल्यान ।
नेपाल मजदुर किसान पार्टीका संसद प्रेम सुवालले सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिनुपर्ने माग गरेका छन । आज प्रतिनिधि सभामा बोल्दै संसद सुवालले मन्त्री बास्कोठाले नैतिकताको आधारमा राजिनामा दिनु माग गरेका हुन ।
हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन बारे एमसीसी सम्झौतामा उल्लेख नभएको बताउदै मन्त्री बास्कोटाले सार्वजनिक रुपमा , ” नेपालले को को सित पाखुरा सुर्किने ? आँखा झिम्क्याउदा बसेको ठाउँमा प्याट्ट दिन्छ । दिएन , अस्ति ईरानको कल्लाई । ऐया भन्न पाउदैन । यो बजेट पाउन नसके कम्युनिष्ट भनेर समाप्त पारिनेछ ,आदि बोल्नु भयो ।” सुवालले भने – साम्राज्यबाद र विस्तारवाद सँग डराउनेहरु कम्युनिष्ट हुन सक्दैनन । एसियाको एउटा मित्र देश ईरानलाई हेला गर्ने माननिय मन्त्री बास्कोटा सरकारको प्रवक्ता कसरी हुन सक्छ ? माननिय मन्त्री बास्काटाले नैतिक रुपमा राजिनामा गर्नु आवस्यक छ ।”
यस्तो छ संबोदनको पुर्ण पाठ
सम्माननिय सभामुख महोदय ,
नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री माननिय गोकुल प्रसाद बास्कोटाले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन बारे एमसीसी सम्झौतामा उल्लेख नभएको बताउदै ” नेपालले को को सित पाखुरा सुर्किने ? आँखा झिम्क्याउदा बसेको ठाउँमा प्याट्ट दिन्छ । दिएन , अस्ति ईरानको कल्लाई । ऐया भन्न पाउदैन । यो बजेट पाउन नसके कम्युनिष्ट भनेर समाप्त पारिनेछ ,आदि ” सार्वजनिक रुपमा बोल्नु भयो । एमसीसी सम्झौताको चर्चा सँगै अमेरिकी सैन्य कमान्डर डाइव्रिसनले नेपालका पाँचखालको सैन्य प्रशिक्षालयमा समेत भ्रमण गरेका छन । स्टालिन भन्नु भएको थियो -” कम्युनिष्टहरुले यमराजको ढोका घच्घच्याउछन ।” साम्राज्यबाद र विस्तारवाद सँग डराउनेहरु कम्युनिष्ट हुन सक्दैनन् । माओत्सेतुगले भन्नु भएको थियो -“आनविक बम कागजि बाघ हो ।” कायरहरु देशभक्त हुन सक्दैनन् । निस्वार्थी निडर हुन्छ । एसियाको एउटा मित्र देश ईरानलाई हेला गर्ने माननिय मन्त्री बास्कोटा सरकारको प्रवक्ता कसरी हुन सक्छ ? माननिय मन्त्री बास्काटाले नैतिक रुपमा राजिनामा गर्नु आवस्यक छ ।
#गोकुल बास्कोटा #प्रेम सुवाल
प्रतिकृया दिनुहोस्