सल्यानको शारदा नगरपालिकाद्वारा रेडियो दर्ता : रेडियो ९०.७ मा चैत पहिलो साताबाट बज्ने
फागुन १७, सल्यान । सल्यानको शारदा नगरपालिकामा एफएम रेडियो दर्ता भएको छ ।
स्थानीय सरकारले रेडियो दर्ताको कार्यविधि बनाएको झण्डै ५ बर्ष पछि कुमाख मिडियाले तहल्का एफएम नामक इजाजत पत्र लिएको हो ।
उज्यालो संचार केन्द्रले संचालनमा ल्याएको रेडियो तहल्कासंग सहकार्य गर्ने गरी कुमाख मिडियाले तहल्का एफएमका नाममा नयाँ फ्रिक्वइन्सी लिइएको संचालक डिल्लीराज रावतले जानकारी दिएका छन ।
नयाँ फ्रिक्वइन्सीको लाइसेन्स हस्तान्तरण गर्दै नगर प्रमुख प्रकाश भण्डारीले समाजका हरेक तहसम्म पुग्ने रेडियोहरुको सबैले रक्षा र विकास गर्न जरुरी रहेको बताए ।
उनले समाजमा जुन क्षेत्रमा लागिन्छ त्यसमा राम्रो गर्नुपर्ने भन्दै डेढ दशक देखि पत्रकारीतामा अनवरत लागेकोमा रेडियो संचालक रावतलाई धन्यवाद दिएका थिए ।
संचारमाध्याम र पत्रकारसंग सहकार्य गर्ने जनाएका भण्डारीले आफुले आश्थाका आधारमा भेदभाव नगर्ने भन्दै पहुचका आधारमा काम गर्नुपर्ने अवस्था हुन नहुने बताए ।
राजनीतिक दल तथा नेताहरुले संचारमाध्यामको प्रयोग गर्न राज्यको पैसा एकपक्षिय लगानी गर्न नुहने बताएका उनले आफ्नो नगरपालिकामा संचालन भएका रेडियोहरु सबैको घर बन्नुपर्ने बताउदै संचार माध्यामले अभावमा काम गर्न नसक्ने बताएका हुन ।
नगर प्रमुखको कार्यकक्षमा भएको इजाजतपत्र हस्तारण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाधर ववाल, वडा नं. १२ का अध्यक्ष सुरेन्द्र बुढा, योजना शाखा अधिकृत केशव बुढाथोकीको पनि सहभागिता रहेको थियो ।
कुमाख मिडिया ग्रुप र उज्यालो संचार केन्द्रको सहकार्यमा रेडियो तहल्का एफएम ९० थोप्लो ७ सल्यान खलंगा र ९१ थोप्लो ९ कुमाखको काख पुतलिवासबाट प्रशारण हुनेछन । जसले सल्यान लगायत छिमेकि जिल्लाहरुमा पनि प्रशारण पहुच राख्नेछ ।
८ बर्ष अघि खलंगामा स्थापना भएको रेडियो तहल्का ९१.९ मेगाहर्जमा सल्यानका ग्रामिण बस्तीसम्म प्रशारणका लागि ३ बर्ष पहिले बागचौरको पुतलिवासमा ठाउँसारी गरिएको थियो ।
दार्मा, कुमाख, बागचौर र उत्तरी छिमेकी जिल्लामा प्रशारण विस्तार गरेको रेडियोले रिले प्रशारणमा पटकपटक समस्या भएकाले प्रशारण सहजताका लागि नयाँ फ्रिक्वइन्सी लिएको हो । दर्ता पछि प्राविधिक व्यवस्थापनमा रहेका रेडियो तहल्का एफएम ९० थोप्लो ७ मेगाहर्जमा चैत्र पहिलो साताबाट प्रशारण हुने संचालक डिल्लीराज रावतले बताएका छन ।
अप्लिङ्गको लागि प्रयोग हुने विभिन्न सामाग्रीहरु चट्याङ्ग र कम वा धेरै भोल्टेजका कारण पटकपटक विग्रने समस्या अव कम हुने रेडियोले संचालकले बताएका छन ।
लेखकको सम्वन्धमा