December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
जनताको सेवा गर्नेमा नै दिनहरु बिते :-  दिलमाया बुढामगर

जनताको सेवा गर्नेमा नै दिनहरु बिते :- दिलमाया बुढामगर

स्थानिय सरकारमा जनप्रतिनिधिहरू निर्वाचित भएर आएको करिव ३ बर्ष पुरा भएको सन्दर्भमा कुमाख गाउपालिका सल्यानका अध्यक्ष दिलमाया बुढामगर सँग नयाँ दृष्टि डटकमका सम्पादक भुमप्रकाश भण्डारी भुपिनले लिनुभएको विशेष समीक्षात्मक अन्तरवार्ता  को सम्पादित अंश ।

Naya Drishti

१. स्थानीय सरकार प्रमुखमा निर्वाचित भएपछिको ३ बर्षको अवधि कसरी बिताउनु भयो ? तपाईका भोगाइ , बुझाई तथा अनुभुतीहरू कस्ता रहे ? केही बताईदिनोस न।

स्थानीय सरकार प्रमुखमा निर्वाचीत भइसकेपछि जनताको सेवा गर्नेमा नै दैनिक दिनहरु वित्यो । पहिलो कुरा त कुमाख गाउँपालिका दुर्गम विकट भएको हुनाले हरेक समस्याहरु सँग सघंर्ष गर्नु पर्ने बाध्यता थियो ।

यातायात नियमित सुचारु नहुनु , विद्युतका नाममा एउटा पोल सम्म नगाडिनु , गाउँपालिकाको नाममा एक आन जग्गा पनि नहुनु , स्वास्थ्य संथाबाट सवै जनताहरुलाई सेवा प्रवाह दिन नसक्नु , विकास निर्माण न्युन कार्यबाट सुरु गर्नु , विद्यालयमा प्रयाप्त मात्रामा शिक्षकको अभाव , जनप्रतिनिधी र कर्मचारी विच कार्य सम्पादमा ढिलासुस्ती हुनु , सविधानले प्रत्योजन गरेका अधिकारलाई स्थापीत गर्न नसक्नु आदि समस्याहरू झेलेर काम गर्नु पर्यो ।

२. तपाई स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएपछि तपाईंको पालिकामा पुर्वाधार निर्माणका सन्दर्भमा के के कामहरू पूरा गर्नु भयो ?

हामि स्थानीय जनप्रतिनिधीमा निर्वाचित भएपछि कुमाख गाउपालिकामा पुर्वाधार निर्माणका क्षेत्रमा २०७४।७५ र २०७५।०७६ को आर्थिक वर्षमा चौरजाहारीबाट गाउपालिका लगाएत यस गाउँपालिकाका ६ वटा वडा र वस्तीहरुमा विद्युतिकरण गरियो ।

गाउँपालिका भवन, वडा कार्यालयका भवनहरु , गाउँपालिका स्तरीय अस्पतालको भवन , बथिङ सेन्टर , समुदायीक स्वास्थ्य ईकाइहरुको भवन निर्माणका लागि ४५ रोपनी जग्गा निसुल्क प्राप्त गरिएको र भवन निर्माण कार्य पनि भइरहेको छ।

सदरमुकाम देखि गाउँपालिका कार्यालय सम्म ट्रयाक ओपन र स्तरउन्नति गरि नियमित रुपमा यातायात संचलनमा ल्याईएको छ र गाउँपालिका केन्द्र रागेचौर देखि सवै वडा कार्यालय सम्म ट्रयाक ओपन गरि यातायात संचालण गरिएको छ ।

स्थानीय सरकार भए पछि यस गाउँपालिकामा आफ्नै भवन निर्माण गरि सेवा प्रवाह गरि रहेको छ । र गाउँपालिकाले कार्य सम्पादनका लागि २८ वटा विभिन्न ऐन, कार्यविधी, नियमावलीहरू बनाईएको छ ।

३. स्थानीय सरकार संचालन भएको यो ३ वर्षको अवधीमा कृषि , शिक्षा, स्वास्थ्य , खानेपानी र पर्यटन प्रवर्द्धनका क्षेत्रमा तपाईंको पालिकामा भएका मुख्य उपलब्धिहरू के के हुन ?

कृषि क्षेत्रको सन्दर्भमा , कृषि नै अर्थतन्त्रको मुल आधार भएकोले कृषी क्षेत्रमा उत्पादनलाई बृद्धि गरि खाद्यान्न तथा पोषण सुरक्षा सुनिश्चित गर्न एक घर एक प्लाष्टीक घर निर्माण , एक घर एक करेसावारी निर्माण , अगार्नीक नमुना गाउँ , धान जोन कार्यक्रम , भकारो सुधार , व्यवसाय तरकारी खेती , मैरी पालन , अदुवा वेसार , फलफुल सुन्तला, बाख्रा , कुखुरा पालन, बदाम पकेट क्षेत्र घोषण गरि कार्य संचालन गरिएको ।

त्यसैगरी सामाजिक , आर्थिक रुपान्तरणका लागि मानव संसाधनको विकास गर्न र शिक्षालाई गुणस्तरीय, सुदृढ गर्नको लागि विद्यार्थी संख्याको आधारमा दरवन्दी मिलान र स्वयमसेवक शिक्षकको व्यवस्था गरिएको छ ।

स्वास्थ्य तर्फ , स्वास्थ्य सेवा पहुचबाट टाढा रहेका स्थानहरुमा चारवटा समुदायीक स्वास्थ्य ईकाइ उद्घाटन गरि स्वास्थ्य सेवा सचालन , पूर्ण खोपयुक्त (सवै) वडाहरू घोषण, पूर्ण संथागत सुत्केरी वडा घोषण, २ वटा सामुदायीक स्वास्थ्य ईकाइ भवन निर्माण गरिएको छ ।

त्यस्तै पर्यटनलाई आय आर्जनको माध्यम बनाउन कुमाख पहाड पैदल मार्ग र प्रतिक्षालयको निर्माण , शिद्ध मन्दिर गुफामा पैदल मार्ग निर्माण , भुमेश्वर गुफालाई व्यवस्थित गरिएको छ ।

खानेपानीको सन्दर्भमा , एक टोल एक धारा भन्ने नितिका आधारमा स्वस्थ खानेपानी मानिसको स्वास्थ्य जिवनसंग जोडिएको हुदा प्राथमिकताको आधारमा सम्पूर्ण वडा र वस्तीहररुमा स्वस्थ खानेपानीको व्यवस्था गर्न गाउँपालिका भित्रका दुर्गम वस्तीहरुमा खानेपानी ल्याउन घन्टौ लाग्ने ठाउँहरूमा लिप्ट सिस्टम खानेपानीको व्यवस्था गरेका छौ।

४. यो तीन बर्षको अवधिमा जनताको जिवनस्तर बदल्न तथा जनताको आर्थिक स्थितिमा सुधार ल्याउन के कस्ता कार्यक्रम संचालन गर्नु भयो ?

आत्मनिर्भर बनाउन उद्देश्यले लक्षित वर्गलाई विभिन्न सिपमुलक तालीम संचालन गरि रोजगरीको सृजना गरिएको छ र हरेका विकास निर्माणका कामहरुलाई जनताको जिवन स्तर बदल्ने खालका योजनहरु निर्माण गर्दै र विशेषगरि कृषि, पशु, पर्यटन, सिचांई, रैथाने खाद्य बालीहरुलाई संरक्षण गर्दै मुख्यत कुषि मार्फत नै आर्थिक स्थितिमा सुधार ल्याउने कार्यक्रम संचालन गरिएको छ ।

५. तपाईंको पालिकामा जनयु’द्धका सहिद बेप’त्ता परिवार तथा घाइते अपांग योद्धाहरूको जिविकोपार्जन र राहतको लागी के के गर्नु भएको छ ?

जनयु’द्धका सहिद ,बेपत्ता र घाईते परिवारलाई आधारभुत कम्प्यूटर सम्बन्धी तालिम संचानत गरियो । घाईते अपांगहरुलाई सिपमुलक तालिम संचालन गरिएको छ । सहिद, वेप’त्ता, परिवारलाई स्थानीय सरकार मार्फत सम्मान अभिन्नदन गदै आएको छौ ।

सहिदका बालबच्चाहरुलाई स्नातक तह सवै संकाय पढाउने स्कलरसीप ( छात्रवृति ) को व्यवस्था गरिएको छ ।

६. स्थानीय सरकारले आफ्नो कार्य संपादन गर्दा मुख्यत: के के समस्याहरू झेल्नुपरेको छ ?

संघीय सरकारले संविधानमा भएको अधिकार कार्यन्वयन प्रक्रिमा बाधा अटकाउ गरेको छ। सिमित स्रोत साधनको कारण जनताका समस्या र आश्यकता सम्बोधन हुन सकेका छैनन ।

विकास निर्माण, राजनितिक सस्कार बदल्न स्थानीय सरकारले जनताको चेतना बदल्नु पर्ने र निति र विधीले काम गर्र्ने प्रक्रियमा असजिलो महसुुस भएको छ। कर्मचारी नयाँ भएको कारण अनुभवको कमीले समस्याहरु देखिएका छन ।

७. स्थानीय सरकारका जनप्रतिनिधिहरूको कार्यकालको करिब ३ वर्ष पूरा भएको छ । बाँकी २ बर्षको अवधीमा थप के के लक्ष्य हासिल गर्ने उदेश्य राख्नु भएको छ ?

अबको दुई वर्ष भित्र गाउँपालिकाका सवै वस्तीहरुमा विद्युतिकरण गर्ने । कृषि र पुशपालन मार्फत खाद्यन्न , मासु अन्डा, दुग्धजन्य पर्दाथमा आत्मनिर्भर र पोषणयुक्त गाउँपालिका बनाउने ।

सवै विकास निर्माणका पुर्वाधारहरु तयार गरि सक्ने र बा’ल बिवाह न्युनिकरण , छुवाछुत मुक्त , महिला तथा बालबालीकामा हुने हिं’साहरूको अन्त्य गर्न गाउँपालिकाको उद्देश्य रहेको छ ।

र यो पनि पढ्नुहोस :

हिजोका शासकहरुले जस्तै आज पनि शोषण र भ्रष्टाचार गरिरहेका छन् भन्दा अत्यन्तै पीडा हुन्छ :- अरुण

प्रकाशित मिति : २०७६-१२-०१ गते ।