गायक चेतन राईको नयाँ गित ‘मरेर के लानु छ’ सार्वजनिक ( भिडियो सहित )
सल्यान। केहि वर्षको अन्तरालमा गायक चेतन राईले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मरेर के लानु छ’ बोलको गितलाई उनले आफ्नै युट्युब च्यानल (chetanrai official) मार्फत सार्वजनिक गरेका छन् ।
गीतको रचना र संगीत सुर्य रुम्बालव गरेका हुन भने एरेन्ज विजेश्वर तण्डुकारले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने, आयान बज्राचार्य, प्रज्ञादीप राई, डा. सुबान्त के कुशुवाहको अभिनय हेर्न सकिन्छ ।
फराज अपर्णद्धारा निर्देशित म्युजिक भिडियोले दर्शकको माया पाउने गायक राईको विश्वास छ । यो गीत उनको यो वर्ष सार्वजनिक गरिने तेस्रो एलबम ‘स्टेप’मा समाबेश हुनेछ । यस अघि सन् २०१० मा पहिलो एलबम ‘सेभेन’ पस्केका उनले सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ दर्शक श्रोतामाझ ल्याएका थिए ।
सल्यान खलंगा बयलडाडाका चेतन सानै उमेर देखि संगीतमा बिशेष झुकाव राख्थे । उनको पारीवारिक वातावरण नै संगीतमय थियो । उनका बुवा दिपक र काका भीष्म राई संगीत पारखि थिए ।
हाल जापानमा बस्दै आएका उनले नेपाल आएको छेको पारी यो गीत तयार पारी सार्वजनिक गरेका हुन् । तेस्रो एलबम ‘स्टेप’ यहि वर्ष दर्शक श्रोतामाझ पस्कने तयारी भएको उनले बताए।
#गित संगीत #चेतन राई
प्रतिकृया दिनुहोस्